• (व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन)
  • यदी तपाई वा तपाईको आफन्त कोही हिरासत वा थुनामा हुनुहुन्छ र तपाईले रोजेको कानून व्यवसायी सँग परामर्श र आफन्त सँग भेटघाट गर्न पाउनु भएको छैन भने उच्च सरकारी वकील कार्यालय जुम्लामा लिखित वा मौखिक जानकारी तथा उजूरी गर्न सक्नु हुनेछ सो को लागि कार्यालयको फोन नं. ०८७-५२००१०, मो.नं. ९८५८३२०३५३ र कार्यालयको Website:- hgao.jumla@ag.gov.np सधै खुल्ला रहेको व्यहोरा जानकारी गराईन्छ।
  • यस कार्यालयको मातहत रहेका जिल्ला सरकारी वकील कार्यालयहरु जुम्ला, हुम्ला ,मुगु, डोल्पा र कालिकोटबाट सम्पादन भए गरिएका कुनै काम कारवाहीको सम्बन्धमा कुनै उजूरी, गुनासो भएमा उच्च सरकारी वकील कार्यालय जुम्लाको फोन नं. ०८७-५२००१०, कार्यालयको मो.नं. ९८५८३२०३५३ तथा कार्यालयको Website:-hgao.jumla@ag.gov.np मा मेल गरी उजूरी गर्न सकिने व्यहोरा जानकारी गराईन्छ ।
  • उच्च सरकारी वकील कार्यालय जुम्ला र मातहत जिल्ला सरकारी वकील कार्यालयहरुले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्वन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए उच्च सरकारी वकील कार्यालयको फोन नम्बर ०८७–५२००१० अथवा कार्यालयको ईमेल : hgao.jumal@ag.gov.np / appelateattorneyjumla@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

परिचय

उच्च सरकारी वकील कार्यालय जुम्ला चन्दननाथ नगरपालीका वडा न ६ विजय नगर लाईनमा अवस्थित रहेको छ । हाल देश भरी रहेको उच्च सरकारी  वकील कार्यालयकाे स‌ख्या १८ रहेकाेमा उच्च सरकारी वकिल कार्यालय पनि एक हो । यस कार्यालयकाे नेतृत्व नेपाल न्याय सेवाका राजपत्राङकित प्रथम श्रेणीका अधिकृत सहन्यायाधिवक्ता बाट गरिदै आएको छ ।यस कार्यालयका  उपन्यायाधिवक्ता र अधिकृत समेत बाट सरकारी वकीलकाे रुपमा कार्य सम्पादन गरिन्छ  भने अन्य सहायक स्तरका कर्मचारीहरु समेत रहन्छन । 

यस उच्च सरकारी वकील कार्यालय जुम्लाको कार्यसम्पादनको शुरुवात नेपालको संविधानले परिकल्पना गरे बमोजिम साविक पुनरावेदन अदालत मिति २०७३ आश्विन ३ गते देखि लागु हुने गरी उच्च अदालतमा परिणत भए सँगै भएको हो ।

नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिनिधित्व गर्ने, नेपाल सरकारको प्रमुख संवैधानिक एवं कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्ने, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने नचलाउने निर्णय गर्ने, सरकारवादी मुद्दा फिर्ता लिंदा राय दिने, हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार भए नभएको वा कानुन व्यवसायीसँग भेटघाट गर्न दिए नदिएको विषयमा अनुगमन एवं निरीक्षण गर्ने, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको पालन भए नभएको अनुगमन गर्ने, नेपाल सरकारवादी वा प्रतिवादी भएको मुद्दामा प्रतिनिधित्व गर्ने जस्ता महान्यायाधिवक्तालाई नेपालको संविधानको धारा १५८ द्धारा प्रदत्त अधिकारको महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम आफ्नो दैनिक कार्य सम्पादन गर्न उच्च अदालतहरू र उच्च अदालतका ईजलास रहेका स्थानहरूमा उच्च सरकारी वकील कार्यालयहरू स्थापना भएका हुन । साथै सेवाग्रहिको कामलाई मध्यनजर गर्दै आगामी दिनहरुमा अझ चुस्त दुरुस्त बनाउने प्रतिवद्धता जाहेर गरिन्छ । 





























































































नि.सह-न्यायाधिवक्ता

श्री द्रोणदत्त पौडेल

सहायक न्यायाधिवक्ता

श्री दिपेश प्रताप शाह (सूचना अधिकारी) 9858322410

कम्प्युटर अपरेटर

मोहन महतारा (९८६८३५९२३७)