2076-8-18
तातोपानी गाउँपालिकामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
जुम्ला, असोज २
उच्च सरकारी वकील कार्यालय, जुम्ला र जिल्ला सरकारी वकील कार्यालय जुम्लाको संयुक्त आयोजनामा स्थानीय तहका जनप्रतिनिधि र अन्य सरोकारवालासँग सरकारी वकीलको काम कारबाही बारे जानकारी गराउन "समुदायमा सरकारी वकील कार्यक्रम" २०७६ असोज २ गते जुम्लाको तातोपानी गाउँपालिकाको, सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, जुम्लाका निमित्त सहन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले "सरकारी वकील, सरकारी वकीलको काम र सरकारवादी मुद्दाहरू" र जिल्ला सरकारी वकील कार्यालय, जुम्लाका निमित्त जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर खत्रीले "साक्षी प्रमाणको महत्व, साक्षीको भूमिका, मुद्दामा पर्ने प्रभाव, साक्षीले पाउने सुविधानहरू र समुदायबाट राखिएका अपेक्षाहरू" विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कार्यपत्रको विषय र सहभागीले राखेको जिज्ञाशाको जवाफ उच्च सरकारी वकील कार्यालय, जुम्लाका निमित्त सहन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले दिनुभएको थियो ।
तातोपानी गाउँपालिकाका अध्यक्ष श्री नवराज न्यौपानेले टाठा बाठाले गाउँमा मुद्दाको प्रमाण बनाउने कार्यको रोकथाम गर्न र समुदायलार्इ सरकारी मुद्दामा सहयोग गर्न उत्प्रेरित र सचेतना गराउन कार्यक्रमले महत्वपूर्ण भएको बताउनुभयो ।
तातोपानी गाउँपालिकाका उपाध्यक्ष श्री गंगादेवी उपाध्यायले समाजमा रहेका विकृति र अपराधिक घटनाहरू रोक्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी निरीक्षक श्री नविन वलीले अनुसन्धानमा समुदायले सहयोग गरेमा अपराध अनुसन्धानमा मद्दत पुग्नुका साथै जिल्लामा लागू औषध सेवन र कारोबारको समस्या बढ्दै गएकोले समुदायले प्रहरीलार्इ यसको रोकथामका लागि सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत समाजका विभिन्न वर्गका मानिसहरूको सहभागीता रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन उच्च सरकारी वकील कार्यालय, जुम्लाका शाखा अधिकृत श्री नगेन्द्र लम्सालले गर्नुभएको थियो ।
समन्वय समितिको वैठक
समुदायमा सरकारी वकील कार्यक्रम-श्रीढुस्का
समुदायमा सरकारी वकील कार्यक्रम - श्रीढुस्का
समुदायमा सरकारी वकील कार्याक्रम- सिँजा
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
मिति २०८१/०३/१२ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
मिति २०८१/०१/२८ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
आज मिति २०८०/११/३० गते समुदायमा सरकारी वकील कार्यक्रम सँग सम्बन्धित
जानकारी सम्बन्धमा
जानकारी सम्बन्धमा ।
पुनरावेदन सम्बन्धमा ।
मिति २०७९/०८/२१ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
२०७९-०८-२० गते कारागार कार्यालय जुम्लाको निरिक्षण सम्बन्धमा
मिति २०७९/८/२१ गते पातारासी गाउँपालिका वडा नं.५ ल्हासीमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा समुदायमा सरकारी वकील कार्यक्रम