उ.स.व.का. जुम्ला र जि.स.व.का. जुम्लाको संयुक्त आयोजनामा कार्यलय प्रमुखहरुसँग कानुनी राय र रिट निवेदनको लिखित जवाफ सम्वन्धी अन्तरक्रिया कार्यक्रम २०७६ असोज ६ गते सम्पन्न ।

samachar

2076-8-18

कार्यालय प्रमुखहरूसँग कानूनी राय र रिट निवेदनको लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम

जुम्ला, असोज ६

उच्च सरकारी वकील कार्यालय, जुम्ला र जिल्ला सरकारी वकील कार्यालय जुम्लाको संयुक्त आयोजनामा कार्यालय प्रमुखहरूसँग "कानूनी राय र रिट निवेदनको लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम" २०७६ असोज ६ गते उच्च सरकारी वकील कार्यालय, जुम्लाको सभाहलमा सम्पन्न भयो ।

कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, जुम्लाका निमित्त सहन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले "रिट निवेदनको परिचय र लिखित जवाफ लेख्दा ध्यान दिनुपर्ने कुराहरू" र उच्च सरकारी वकील कार्यालय, जुम्लाका शाखा अधिकृत श्री नगेन्द्र लम्सालले "कानूनी राय सम्बन्धी कानूनी व्यवस्थाका" विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सरकारी वकीलसँग कानूनी राय माग गर्ने प्रकृया, सरकारी वकीलले कानूनी राय दिने प्रकृया र अदालतमा पर्ने सरकारी रिट निवेदनको लिखित जवाफ लेख्ने प्रकृयाका बारेमा कार्यपत्र प्रस्तुतीसँगै छलफल गरिएको थियो ।  

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी श्री दुर्गा बञ्जाडेले कानुन बमोजिम पालन गर्नुपर्ने दायित्व निर्वाह गरेमा कुनै जटिलता नआउने बताउनुभयो ।

उहाँले भन्नुभयो, "सरकारी रिट निवेदनको प्रभावकारी प्रतिरक्षा गर्न सरकारी वकीललार्इ चाहिने डकुमेन्टहरू सरकारी कार्यालयले उपलब्ध गराउनु जिम्मेवारी र दायित्व हो । डकुमेन्ट उपलब्ध गराउनका लागि कार्यालयको संस्थागत अभिलेखिकरण दुरूस्त     हुनुपर्छ ।"

जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायव उपरीक्षक श्री लालबहादुर धामीले कानुनी विज्ञ सरकारी वकील भएकोले अनुसन्धानको शुरू देखिको चरणदेखि नै सरकारी वकीलले अनुसन्धानमा प्रहरी अधिकृतलार्इ कस्ता प्रमाणहरू संकलन गर्ने भनेर निर्देशन दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सरकारी वकील कार्यालय, जुम्लाका निमित्त जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर खत्रीले कार्यक्रम आयोजना गर्नुको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा जुम्ला जिल्लामा रहेका संघ स्थित क्षेत्रीय र जिल्ला स्तरिय कार्यालयका प्रमुख र अधिकृतहरूको सहभागीता रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन उच्च सरकारी वकील कार्यालय, जुम्लाका शाखा अधिकृत श्री राजेन्द्र भट्टरार्इले गर्नुभएको थियो ।

 

 

 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments