उच्च सरकारी वकील कार्यालय जुम्लाको २०७७ असोज २९ गते सम्पन्न तेह्रौ कर्मचारी वैठकको निर्णयहरु ।

samachar

2077-7-19

वैठक नं १२

मितिः २०७//१९ गते सोमबार, उच्च सरकारी वकील कार्यालय, जुम्लाको कार्यालय सम्बन्धी कामकाजलार्इ प्रभावकारी बनाउन कर्मचारीको वैठक बसी देहाय बमोजिम निर्णय गरियो ।

उपस्थिति

श्री पुण्यप्रसाद पाठक, निमित्त सहन्यायाधिवक्ता

श्री नगेन्द्र लम्साल, सहायक न्यायाधिवक्ता

श्री कृष्णकुमारी भण्डारी, नायव सुब्बा

श्री रूद्रलाल न्यौपाने, नायव सुब्बा

श्री पुर्णबहादुर शाही, कम्प्युटर अपरेटर

श्री जगदिश शर्मा, सह लेखापाल

श्री नवराज वुढा, हलुका सवारी चालक

श्री हिलेन्द्रबहादुर शाही, कार्यालय सहयोगी

श्री कृष्णप्रसाद प्याकुरेल, कार्यालय सहयोगी

श्री बबिता खत्री, कार्यालय सहयोगी

छलफलका विषयहरू

१) आ.व. ०७७/०७८ को स्विकृत वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा ।

२) कार्यालय व्यवस्थापन सम्बन्धमा ।

३) कार्यालयले तोकेको नियम र कर्मचारीको आचार संहिता पालना सम्बन्धमा ।

    निर्णय नं १) वुँदा नं १ का सम्बन्धमा छलफल गर्दा महान्यायाधिवक्ताको कार्यालयमा स्विकृतिका लागि पठाइएको आ.व. ०७७/०७८ को उच्च सरकारी वकील कार्यालय, जुम्लाको वार्षिक कार्ययोजना स्विकृत भइसकेको जानकारी प्राप्त भएको छ । उक्त कार्ययोजना माथि छलफल गर्दा कार्यान्वयनका लागि पहिलो त्रैमासिकमा सम्पन्न गर्नुपर्ने क्रियाकलापहरू सञ्चालनमा कोरोना भाइरसको संक्रमणको महामारीका कारण समुदाय स्तरमा गएर कार्यक्रम सञ्चालन गर्न नसकिएकोमा कोरोना भाइरसको संक्रमण जुम्ला जिल्लामा न्यून भएपछि समुदाय स्तरमा सञ्चालन गर्ने क्रियाकलापहरू सम्पन्न गर्ने । वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा कार्यालयका कर्मचारीहरूले तोकिएको जिम्मेवारीहरू पुरा गर्ने, कर्मचारीहरूले वार्षिक कार्ययोजना अध्ययन गरी आवश्यक सल्लाह सुझावहरू कार्यालयको योजना कार्यान्वयन तथा अनुगमन शाखालार्इ उपलब्ध गराउने ।

    निर्णय नं २) वुँदा नं २ का सम्बन्धमा छलफल गर्दा कार्यालय व्यवस्थापन सम्बन्धमा कर्मचारीहरूलार्इ तोकिएको कार्य विवरण अनुसार काम सम्पन्न गर्ने । कार्यालय प्रमुख र उच्च सरकारी वकील कार्यालय, जुम्लाको प्रशासन शाखाले तोके अनुसारको जिम्मेवारीहरू समेत कर्मचारीहरूले सम्पन्न गर्ने ।

निर्णय नं ३) वुँदा नं ३ का सम्बन्धमा छलफल गर्दा कर्मचारीहरूले कार्यालयले तोकेको नियम पालना सम्बन्धमा कार्यालयले तोकेको नियम र महान्यायाधिवक्ताज्यूबाट जारी गर्नुभएको सरकारी वकील तथा सरकारी वकील कार्यालयमा कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०७५ मा उल्लेख भएका प्रावधानहरू पालना गर्ने सम्बन्धमा कार्यालयका कर्मचारीहरूलार्इ यस अघिको यस कार्यालयको कर्मचारीहरूको मितिः२०७६।३।१३ गतेको पहिलो वैठकमा समेत आचार संहिता पालना सम्बन्धमा छलफल गरिएकोमा कार्यालयका केहि कर्मचारीहरूबाट आचार संहिताको पालनामा कमी कमजोरी देखिएकोले कर्मचारीहरूले आचारसंहितामा उल्लेखित वुँदाहरूको सम्पूर्ण कर्मचारीहरूले अध्ययन गरी पूर्ण रूपमा पालना गर्ने ।

 

   Update Date : 2077/07/19

 


संलग्न जोडिएका विवरणहरु

उच्च सरकारी वकील कार्यालय जुम्लाको २०७७ असोज २९ गते सम्पन्न तेह्रौ कर्मचारी वैठकको निर्णयहरु । download