2076-8-18
सिँजा गाउँपालिकामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
जुम्ला, कात्तिक ५
उच्च सरकारी वकील कार्यालय, जुम्ला र जिल्ला सरकारी वकील कार्यालय जुम्लाको संयुक्त आयोजनामा स्थानीय तहका जनप्रतिनिधि र अन्य सरोकारवालासँग सरकारी वकीलको काम कारबाही बारे जानकारी गराउन "समुदायमा सरकारी वकील कार्यक्रम" २०७६ कात्तिक ५ गते जुम्लाको सिँजा गाउँपालिकाको, सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, जुम्लाका शाखा अधिकृत श्री नगेन्द्र लम्सालले "सरकारी वकीलको परिचय, सरकारवादी मुद्दाहरू र समुदायबाट गरिएको अपेक्षा" र जिल्ला सरकारी वकील कार्यालय, जुम्लाका निमित्त जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर खत्रीले "साक्षी प्रमाणको महत्व, साक्षीको भूमिका, मुद्दामा पर्ने प्रभाव, साक्षीले पाउने सुविधानहरू र समुदायबाट राखिएका अपेक्षाहरू" विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कार्यपत्रको विषय र सहभागीले राखेको जिज्ञाशाको जवाफ उच्च सरकारी वकील कार्यालय, जुम्लाका शाखा अधिकृत नगेन्द्र लम्साल र जिल्ला सरकारी वकील कार्यालय, जुम्लाका निमित्त जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर खत्रीले दिनुभएको थियो ।
सिँजा गाउँपालिकाका अध्यक्ष श्री देवलसिंह रावलले प्रहरीलार्इ अपराध अनुसन्धान कार्यमा स्थानीय तह र समुदायले सदैव सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, " समुदायको सहयोगले नै प्रहरीलार्इ अपराधको रोकथाममा मद्दत पुग्छ । पीडितलार्इ न्याय दिलाउनमा सहयोग गर्नु स्थानीय सरकारको कर्तव्य पनि हो ।"
सिँजा गाउँपालिकाका उपाध्यक्ष श्री जन्मकन्या खत्रीले समाजमा रहेका विकृति र अपराधिक घटनाहरू रोक्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी निरीक्षक श्री नविन वलीले पिडितहरू जाहेरी दरखास्त दिन नआउने, आएपनि ढिलो आउने प्रचलन रहेको उल्ले गर्दै प्रहरीलार्इ अनुसन्धानमा समुदायले सहयोग गरेमा अपराध अनुसन्धानमा मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत समाजका विभिन्न वर्गका मानिसहरूको सहभागीता रहेको थियो ।
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
बढुवा नतिजा प
परिपत्र सम्बन्धमा ।
परिपत्र सम्बन्धमा ।
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
परिपत्र सम्बन्धमा ।
जुम्ला जिल्ला स्थित विभिन्न सरकारी निकायहरुका कार्यालय प्रमुख र सम्पर्क व्यक्तिको विवरण
महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त विभिन्न अपराध सँग सम्बन्धित सन्देशमूलक साईनपोष्टहरु
उच्च सरकारी वकील कार्यालय जुम्लाको पुस्तकालय शाखामा रहेका पुस्तकहरुको विवरणको विद्युतीय प्रति अपडेट गरिएको
मिति २०८१/०३/१२ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
मिति २०८१/०१/२८ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
आज मिति २०८०/११/३० गते समुदायमा सरकारी वकील कार्यक्रम सँग सम्बन्धित
जानकारी सम्बन्धमा
जानकारी सम्बन्धमा ।
पुनरावेदन सम्बन्धमा ।
मिति २०७९/०८/२१ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
२०७९-०८-२० गते कारागार कार्यालय जुम्लाको निरिक्षण सम्बन्धमा
मिति २०७९/८/२१ गते पातारासी गाउँपालिका वडा नं.५ ल्हासीमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा समुदायमा सरकारी वकील कार्यक्रम