2076-9-1
सरकारी वकीलको कार्यसम्पादन र सहयोगका क्षेत्रहरूका विषयमा कानुन व्यवसायीहरूसँग अन्तरक्रिया
उच्च सरकारी वकील कार्यालय, जुम्लाको आयोजनामा कानुन ब्यवसायीहरूसँग ×सरकारी वकीलको कार्यसम्पादन र सहयोगका क्षेत्रहरूका" विषयमा अन्तर्क्रिया वैठक २०७७ असार १० गते उच्च सरकारी वकील कार्यालय, जुम्लाको सभाहलमा सम्पन्न भयो ।
कानुन व्यवसायीहरूले सरकारी वकीलसँग न्याय निरूपण र शंकितका अधिकारको संरक्षका सम्बन्धमा समन्वय र सहयोगका क्षेत्रहरूका बारेमा विचार राख्नुभएको थियो ।
नेपाल बार एशोसियसनका उपाध्यक्ष अधिवक्ता श्री मीनबहादुर महतले अभियुक्त उपर मुद्दा चल्ने निर्णय भएपछि अभियुक्त उपर अदालतमा अभियोगपत्र दायर गर्ने बेला अभियुक्तलार्इ पनि अभियोग पत्रको प्रतिलिपी प्राप्त हुने ब्यवस्था भएमा अभियुक्तको तर्फबाट मुद्दाको तयारी गर्न सहज हुने अवस्था हुने बताउनुभयो ।
अधिवक्ता श्री पदमबहादुर शाहीले पीडितले घाउ जाँचका लागि शुरूमा प्रहरीमा दिएको निवेदनको प्रतिलिपी र घाउजाँच केश फारमको प्रतिलिपी पीडितको पक्षबाट कानुन व्यवसायीले प्राप्त गर्न नसक्दा फिराद पत्रको सन्दर्भ ब्यहोरा फरक पर्दा पीडितलार्इ न्याय दिलाउनमा असर पर्ने भएकाले पीडितले प्रहरी कार्यालयमा शुरूमा दिएको निवेदन र घाउजाँच केश फारमको प्रतिलिपी प्राप्त हुने ब्यवस्थाका लागि सरकारी वकील कार्यालयबाट पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कानुन व्यवसायीहरूले राखेको जिज्ञाशाको जवाफ दिंदै उच्च सरकारी वकील कार्यालय, जुम्लाका निमित्त सहन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले कैदी, वन्दी र पीडितको संवैधानिक र कानुनी अधिकारको संरक्षणका लागि सरकारी वकील र कानुन ब्यवसायीको एउटै भूमिका हुनुपर्ने बताउनुभयो ।
निमित्त सहन्यायाधिवक्ता पाठकले कारागार कार्यालयमा निरीक्षणको क्रममा कैदी वन्दीसँग भेटघाटका लागि छुट्टै डेस्क र सम्भव भएमा छुट्टै कक्षको ब्यवस्थाका लागि समेत निर्देशन दिइएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, हिरासत कक्षमा समेत भेटधाटको उचित प्रबन्धका लागि उच्च सरकारी वकील कार्यालय तहको समन्वय समितिको वैठकमा समेत छलफल गरिने छ ।
समन्वय समितिको वैठक
समुदायमा सरकारी वकील कार्यक्रम-श्रीढुस्का
समुदायमा सरकारी वकील कार्यक्रम - श्रीढुस्का
समुदायमा सरकारी वकील कार्याक्रम- सिँजा
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
मिति २०८१/०३/१२ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
मिति २०८१/०१/२८ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
आज मिति २०८०/११/३० गते समुदायमा सरकारी वकील कार्यक्रम सँग सम्बन्धित
जानकारी सम्बन्धमा
जानकारी सम्बन्धमा ।
पुनरावेदन सम्बन्धमा ।
मिति २०७९/०८/२१ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
२०७९-०८-२० गते कारागार कार्यालय जुम्लाको निरिक्षण सम्बन्धमा
मिति २०७९/८/२१ गते पातारासी गाउँपालिका वडा नं.५ ल्हासीमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा समुदायमा सरकारी वकील कार्यक्रम