2076-8-18
चन्दननाथ मा.वि मा समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
जुम्ला, मंसिर ४
उच्च सरकारी वकील कार्यालय, जुम्ला, जिल्ला सरकारी वकील कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय, जुम्लाको संयुक्त आयोजनामा विद्यार्थी र शिक्षकसँग सरकारी वकील र प्रहरीको काम कारबाही बारे जानकारी गराउन "समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम" २०७६ साल मंसिर ४ गते जुम्लाको चन्दननाथ नगरपालिका स्थित चन्दननाथ माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, जुम्लाका निमित्त जिल्ला न्यायाधिवक्ता श्री नगेन्द्र लम्सालले "सरकारी वकीलको परिचय, सरकारवादी मुद्दाहरू र समुदायबाट गरिएको अपेक्षा" र जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रमुख, प्रहरी नायव उपरीक्षक श्री लालबहादुर धामीले "समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरी विद्यालय सम्पर्क कार्यक्रम" को विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कार्यपत्रको विषय र सहभागीले राखेको जिज्ञाशाको सम्बोधन निमित्त जिल्ला न्यायाधिवक्ता श्री नगेन्द्र लम्साल र प्रहरी नायव उपरीक्षक श्री लालबहादुर धामीले दिनुभएको थियो ।
चन्दनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री टंकबहादुर महतले मानिसमा शिक्षाको ज्ञानसँगै असल संस्कार र कानुनप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले समाजको भलो गर्नका लागि आफ्नो काम गर्ने शैली र जीवनमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चन्दननाथ माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र शिक्षकको समेत सहभागीता रहेको थियो ।
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
बढुवा नतिजा प
परिपत्र सम्बन्धमा ।
परिपत्र सम्बन्धमा ।
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
परिपत्र सम्बन्धमा ।
जुम्ला जिल्ला स्थित विभिन्न सरकारी निकायहरुका कार्यालय प्रमुख र सम्पर्क व्यक्तिको विवरण
महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त विभिन्न अपराध सँग सम्बन्धित सन्देशमूलक साईनपोष्टहरु
उच्च सरकारी वकील कार्यालय जुम्लाको पुस्तकालय शाखामा रहेका पुस्तकहरुको विवरणको विद्युतीय प्रति अपडेट गरिएको
मिति २०८१/०३/१२ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
मिति २०८१/०१/२८ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
आज मिति २०८०/११/३० गते समुदायमा सरकारी वकील कार्यक्रम सँग सम्बन्धित
जानकारी सम्बन्धमा
जानकारी सम्बन्धमा ।
पुनरावेदन सम्बन्धमा ।
मिति २०७९/०८/२१ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
२०७९-०८-२० गते कारागार कार्यालय जुम्लाको निरिक्षण सम्बन्धमा
मिति २०७९/८/२१ गते पातारासी गाउँपालिका वडा नं.५ ल्हासीमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा समुदायमा सरकारी वकील कार्यक्रम