Staff Meeting सम्बन्धमा ।

samachar

2079-2-31

आज मिति २०७९/०२/३० गते सोमवारको दिन महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय योजना अन्तर्गत उच्च सरकारी वकील कार्यालय जुम्लाको वार्षिक कार्ययोजना 2०७८/०७९ मा उल्लेखित क्रियाकलापमध्ये सरकारी वकील कार्यालयको कार्य सम्पादनको सम्बन्धमा कानून व्यवसायीहरुसँग छलफल गर्ने कार्य सम्पादन गर्ने सन्दर्भमा जिल्ला सरकारी वकील कार्यालय र उच्च सरकारी वकील कार्यालय जुम्लाबाट यस आ.व.मा सम्पादन भएका काम कारवाहीको बारेमा जानकारी गराउने कार्य सम्पन्न भयो ।

    महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना अन्तर्गत सरकारी वकील कार्यालयबाट गरिएका क्रियाकलापहरु तथा वार्षिक कार्ययोजना र आगामी आ.व.को लागि बनाउने कार्ययोजनाको बारेमा छलफल गरियो । साथै सरकारी वकील कार्यालयको कार्य सम्पादनमा थप सूधार गर्न सल्लाह, सुझाव र संस्था प्रतिको अपेक्षाको सम्बन्धमा पनि आवश्यक छलफल चलाई प्राप्त राय, सुझावहरु, सल्लाहहरु संकलन गरियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments