• विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास
  • २०७७ भदाै ११ गतेदेखि १४ गतेसम्म पुनरावेदन तथा दोहोर्‍याई पाऊँ निवेदनसम्बन्धी प्रशिक्षण हुने
  • कार्यालयमा कामकाज गर्ने गरी कर्मचारी खटाइएको सम्बन्धमा
  • आलोपालो गरी कर्मचारी खटाइएको-कार्यालयको कार्यसम्पादनसँग सम्बन्धित सूचना-
  • भ्रष्टाचार मुद्दाका सन्दर्भमा सम्बद्ध निकायहरूबीच अन्तरक्रिया कार्यक्रम
  • विशेष सरकारी वकिल कार्यालयबाट हुने बहस, पैरवी र प्रतिरक्षा सबल बनाउन अपनाउनुपर्ने उपाय विषयक दुई दिवसीय कार्यक्रम

परिचय

विशेष सरकारी वकील कार्यालय, काठमाडौँको माइतीघरमा रहेको छ।यो कार्यालयकाे नेतृत्व नेपाल न्याय सेवा, सरकारी वकील समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत (सहन्यायाधिवक्ता) बाट गरिदै आएको छ।सहन्यायाधिवक्तालाई सघाउन उपन्यायाधिवक्ताहरू र सहायक न्यायाधिवक्ताहरू सरकारी वकीलकाे रूपमा तथा अन्य सहायक स्तरका कर्मचारीहरू समेत रहने व्यवस्था छ।नेपाल सरकारबाट मिति २०७६।१०।२८ गते स्वीकृत भएबमोजिम विशेष सरकारी वकील कार्यालय, काठमाडौँमा सहन्यायाधिवक्ता १, उपन्यायाधिवक्ता १४, सहायक न्यायाधिवक्ता ५, नायब सुब्बा ८, कम्प्युटर अपरेटर ३, हलुका सवारी चालक ३, कार्यालय सहयोगी ५ गरी कुल दरबन्दी ३९ रहेको छ।

नेपाल सरकारको मिति २०७०।०७।२५ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएबमोजिम भ्रष्टाचार, ब्याङ्किङ कसूर मुद्दाहरू, प्रशासकीय अदालत, राजश्व न्यायाधीकरणमा दायर हुने मुद्दाहरूमा यो कार्यालयबाट बहसपैरवी र प्रतिरक्षा हुन्छ।साथै वैदेशीक रोजगार न्यायाधीकरणमा दायर हुने वैदेशीक रोजगारसम्बन्धी मुद्दाहरू वैदेशीक रोजगार विभागबाट अनुसन्धान भई प्राप्त मिसिलमा मुद्दा चलाउने वा नचलाउने निर्णय यही कार्यालयबाट हुनुका साथै बहस पैरवी हुन्छ।त्यसैगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भई प्राप्त मिसिलमा यो कार्यालयले निर्णय गरेपछि उक्त विभागबाट विशेष अदालतमा मुद्दा दायर हुन्छ।ती मुद्दाहरूको बहसपैरवीमा समेत यो कार्यालय संलग्न हुन्छ।

निजामती सेवा ऐन, २०४९ को दफा ६९(३) अनुसार प्रशासकीय अदालतले गरेको निर्णय अन्तिम हुने व्यवस्था छ।



































कार्यालय प्रमुख

ज्ञान प्रसाद भुसाल सहन्यायाधिवक्ता

सहायक न्यायाधिवक्ता /सुचना अधिकारी (मोवाइल न‌:-.९८५१३५०२९६)

संगिता थोकर