2075-4-1
विशेष सरकारी वकील कार्यालय, काठमाडौंको आयोजनामा तीन दिवसीय "सूचना प्रविधि र मुद्दा व्यवस्थापन प्रणाली (CMS) सफ्टवयेर प्रयोग सम्बन्धी" प्रशिक्षण कार्यक्रम २०७५ असार २९ देखि असार ३१ गते सम्म धुलिखेलमा सम्पन्न भएको छ ।
विशेष सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकील र कर्मचारीलार्इ सूचना प्रविधिको प्रयोगमा क्षमता वृद्घि गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको समापन गर्दै विशेष सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री मुरारीप्रसाद पौडेलले सरकारी वकील र कर्मचारी व्यवसायिक हुन र कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगमा दक्षता वृद्घि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षण कार्यक्रममा सिकेको सीप र ज्ञानलार्इ सूचना प्रविधिको प्रयोगमा अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
तीन दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई कार्यालयबाट प्रदान गरिएको इमेल प्रयोगसम्बन्धी (......@ag.gov.np), मुद्दा व्यवस्थापन प्रणाली सम्बन्धी (CMS) सफ्टवयेरको प्रयोग, महान्यायाधिवक्ताको कार्यालयका लागि निर्माण गरिएका सफ्टवयेरहरूको प्रयोगको अवस्था, e-attorney कार्यक्रम, महान्यायाधिवक्ताको कार्यालयको webpage र मातहत कार्यालयका लागि निर्माण भइरहेको webpage र सूचना प्रविधिको कार्यान्वयनमा देखिएका चुनौतिहरूको विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो ।
प्रशिक्षण कार्यक्रमको स्रोत व्यक्तिहरूमा महान्यायाधिवक्ताको कार्यालयको सूचना प्रविधि महाशाखाका कम्प्युटर सुपरभाइजर श्री सन्देश अवाल र सूचना प्रविधि इञ्जिनियर श्री सुनिल पराजुली रहनुभएको थियो ।
प्रशिक्षण कार्यक्रम सञ्चालनमा महान्यायाधिवक्ताको कार्यालयको सूचना प्रविधि शाखामा कार्यरत शाखा अधिकृत श्री स्वतन्त्र न्यौपाने र विशेष सरकारी वकील कार्यालयमा कार्यरत शाखा अधिकृत श्री नगेन्द्र लम्सालले सहजीकरण गर्नुभएको थियो ।
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल
Cyber Security Advisory सम्बन्धमा ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास