कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल

suchana

2026-04-09


संलग्न जोडिएका विवरणहरु

मिति २०८२ साल चैत्र १२ गते श्री विशेष सरकारी वकील कार्यालयका कार्यालय प्रमुख श्री मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कार्यालयको नियमित बैठक  सम्पन्न भएको छ। उक्त बैठकमा कार्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विभिन्न समसामयिक विषयहरूमा छलफल गरिएको थियो।
 उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता सहित कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको सो वैठकमा विभिन्न समसामयिक विषयहरुमा गहन छलफल भएको थियो । कार्यालय सञ्चालन तथा व्यवस्थापनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने एवं सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र गुणस्तरीय बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्ने सन्दर्भमा कर्मचारीहरुले आ-आफ्ना धारणा राखेका थिए। त्यसैगरी
कार्यालय प्रमुखले सेवाग्राहीकाे खुशी र सन्तुष्टीले नै सार्वजनिक सेवालाई पुष्टि गर्ने भएकाेले यस कुरालाई केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिदै  "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा प्रस्तुतिकरण गर्नु भएकाे थियो ।