लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना

suchana

2025-09-15


संलग्न जोडिएका विवरणहरु

मिति २०८२।०५।२४ गते जेन-जी प्रदर्शनको क्रममा कार्यालयमा भएको आगजनी, तोडफोड एवं लुटपाटको क्रममा यस कार्यालयमा समेत गम्भीर क्षति पुगेको छ । सार्वजनिक सम्पत्तिको रुपमा यस कार्यालयमा रहेका ल्यापटप, कम्प्युटर, प्रिन्टर, डिजिटल क्यामरा, कुर्सी, पुस्तक लगायतका सामाग्री चोरी तथा लुटपाट भएको पाइएको छ ।

CCTV फुटेजमा संग्रहित अभिलेखबाट उक्त चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरुको सहज पहिचान हुने तथ्य समेतलाई मध्यनजर गर्दै उल्लेखित सामाग्रीहरु जोजससंग रहेको वा प्राप्त गर्नुभएको छ, अविलम्ब यस कार्यालय, महान्यायाधिवक्ताको कार्यालय वा नजिकको सुरक्षा निकायमा बुझाइदिनुहुन बिनम्र अनुरोध गरिन्छ । साथै यससम्बन्धमा कुनै जानकारी वा सूचना प्राप्त गर्नुहुने जो कोहिले पनि देहायको नं. हरुको साथै यस कार्यालयका कर्मचारीहरुलाई जानकारी गराइ सार्वजनिक सम्पत्तिहरुको पुन:प्राप्तीको अभियानमा सहयोग गरिदिनुहुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौ ।
पुनश्च: यसरी जानकारी दिनुहुने व्यक्तिको परिचय वा पहिचान आवश्यक परे गोप्य राखिने व्यहोरा समेत सादर अनुरोध गरिन्छ ।

सम्पर्क व्यक्तिहरु

स्टोर प्रमुख सम्पर्क नं. : ९८४७०१९५९५
सूचना अधिकारी सम्पर्क नं. : ९८५१३५०२९६
कार्यालय प्रमुख सम्पर्क नं. : ९८५१३५०२९५
 

सूचना

लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना


कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।


कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।


विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६


चमेनागृह सञ्चालन सम्बन्धी सूचना


चमेनागृह सञ्चालन सम्बन्धी सूचना


चमेनागृह सञ्चालन सम्बन्धी सूचना


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।