2025-09-15
मिति २०८२।०५।२४ गते जेन-जी प्रदर्शनको क्रममा कार्यालयमा भएको आगजनी, तोडफोड एवं लुटपाटको क्रममा यस कार्यालयमा समेत गम्भीर क्षति पुगेको छ । सार्वजनिक सम्पत्तिको रुपमा यस कार्यालयमा रहेका ल्यापटप, कम्प्युटर, प्रिन्टर, डिजिटल क्यामरा, कुर्सी, पुस्तक लगायतका सामाग्री चोरी तथा लुटपाट भएको पाइएको छ ।
CCTV फुटेजमा संग्रहित अभिलेखबाट उक्त चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरुको सहज पहिचान हुने तथ्य समेतलाई मध्यनजर गर्दै उल्लेखित सामाग्रीहरु जोजससंग रहेको वा प्राप्त गर्नुभएको छ, अविलम्ब यस कार्यालय, महान्यायाधिवक्ताको कार्यालय वा नजिकको सुरक्षा निकायमा बुझाइदिनुहुन बिनम्र अनुरोध गरिन्छ । साथै यससम्बन्धमा कुनै जानकारी वा सूचना प्राप्त गर्नुहुने जो कोहिले पनि देहायको नं. हरुको साथै यस कार्यालयका कर्मचारीहरुलाई जानकारी गराइ सार्वजनिक सम्पत्तिहरुको पुन:प्राप्तीको अभियानमा सहयोग गरिदिनुहुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौ ।
पुनश्च: यसरी जानकारी दिनुहुने व्यक्तिको परिचय वा पहिचान आवश्यक परे गोप्य राखिने व्यहोरा समेत सादर अनुरोध गरिन्छ ।
सम्पर्क व्यक्तिहरु
स्टोर प्रमुख सम्पर्क नं. : ९८४७०१९५९५
सूचना अधिकारी सम्पर्क नं. : ९८५१३५०२९६
कार्यालय प्रमुख सम्पर्क नं. : ९८५१३५०२९५
कार्यालयमा चमेना गृह सञ्चालन सम्बन्धी बैठकको सूचना
सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
सूचि दर्ता सम्वन्धी सूचना !!!
कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल
Cyber Security Advisory सम्बन्धमा ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास