विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास

samachar

2077-5-15

२०७७ भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँको संयुक्त कार्यालय भवनको शिलान्यास गर्नुभयो।शिलान्यास कार्यक्रममा नायब महान्यायाधिवक्ताज्यूहरू, विशेष सरकारी वकील कार्यालयका प्रमुख शंकर खत्रीलगायतका महान्यायाधिवक्ताको कार्यालयका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

भ्याट बाहेक रु. ३१,६२,४०,५७६।२३ सम्झौता रकम रहेको सो भवनको ठेक्काको जिम्मेवारी प्रेरा तुलसीभक्त कन्स्ट्रक्सन प्रा. लि. बालकुमारी ललितपुरले पाएको छ।काठमाडौँको  माइतिघर मण्डलाको उत्तरपट्टि स्वास्थ्य मन्त्रालयसँगै निर्माण हुने भवनको दुई बर्ष छ महिनाको सम्झौता अवधि रहेको छ।कार्यक्रमलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ताज्यूले राजधानीको मुटुमा रहेको यो जग्गामा निर्माण हुने भवनले फरक महत्त्व बोकेको हुनाले गुणस्तर कायम गर्ने कुरामा कति पनि सम्झौता नगरी तोकिएको समयावधिभित्रै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी नवराज श्रेष्ठलाई आग्रह गर्नु भयो।

भवन निर्माण सम्पन्न भएपछि हाल भाडामा रहेर विभिन्न समस्या झेल्दै आएका  विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँको कार्यसम्पादन सहज हुने विश्वास लिइएको छ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

कार्यालयमा चमेना गृह सञ्चालन सम्बन्धी बैठकको सूचना


सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


सूचि दर्ता सम्वन्धी सूचना !!!


कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


कार्यालय समय परिवर्तन सम्वन्धी सूचना


कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल


Cyber Security Advisory सम्बन्धमा ।


लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना