2077-5-15
२०७७ भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँको संयुक्त कार्यालय भवनको शिलान्यास गर्नुभयो।शिलान्यास कार्यक्रममा नायब महान्यायाधिवक्ताज्यूहरू, विशेष सरकारी वकील कार्यालयका प्रमुख शंकर खत्रीलगायतका महान्यायाधिवक्ताको कार्यालयका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
भ्याट बाहेक रु. ३१,६२,४०,५७६।२३ सम्झौता रकम रहेको सो भवनको ठेक्काको जिम्मेवारी प्रेरा तुलसीभक्त कन्स्ट्रक्सन प्रा. लि. बालकुमारी ललितपुरले पाएको छ।काठमाडौँको माइतिघर मण्डलाको उत्तरपट्टि स्वास्थ्य मन्त्रालयसँगै निर्माण हुने भवनको दुई बर्ष छ महिनाको सम्झौता अवधि रहेको छ।कार्यक्रमलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ताज्यूले राजधानीको मुटुमा रहेको यो जग्गामा निर्माण हुने भवनले फरक महत्त्व बोकेको हुनाले गुणस्तर कायम गर्ने कुरामा कति पनि सम्झौता नगरी तोकिएको समयावधिभित्रै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी नवराज श्रेष्ठलाई आग्रह गर्नु भयो।
भवन निर्माण सम्पन्न भएपछि हाल भाडामा रहेर विभिन्न समस्या झेल्दै आएका विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँको कार्यसम्पादन सहज हुने विश्वास लिइएको छ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास