2081-3-14
सरकारी वकीलको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना २०७८ २०७९ २०८२।०८३ ले फौजदारी कानूनको सचेतना अभिवृद्धि गर्ने तथा सेवा प्रवाहलाई गुणस्तरिय बनाउने समेतको रणनीति अन्तर्गत विशेष सरकारी वकील कार्यालयको आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्ययोजना अनुसार विशेष सरकार कील सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्याय सम्पादन प्रक्रियामा समुदायको सहयोग लिने वातावरणको निर्माण गर्न र सरकारी वकीलको काम कारबाहीको बारेमा समुदायसंग प्रत्यक्ष सम्बन्धित अपराधसंग सम्बन्धित कानूनहरुको बारेमा समुदायलाई जानकारी गराउन सुर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट, भक्तपुर स्थित सालम्पाखा अधिकारी गाँउ टोल सुधार स्कुल समाज र संयुक्त सामाजिक क्लवसंगको सहकार्यमा संयुक्त सामाजिक क्वलको खेल मैदान(कभर्डहल)मा स्थानीय नागरिकहरुलाई लक्षित गरि यस विशेष सरकारी वकील कार्यालयले मिति २०८१।०२।१५ गते कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना गरिएको हो । कार्यालयले वार्षिक कार्ययोजना स्वीकृत गराई समुदाय केन्द्रित कानूनी कार्यालय स सचेतनात्मक विविध कार्यक्रमहरु सञ्चालन गर्दै समुदाय र सरकारी वकील विचको कार्य वातावरणलाई विश्वासनिय र प्रभावकारी बनाउने प्रयास विगत देखि गर्दै आइरहेको छ । समुदाय र सरकारी वकीलको सम्बन्ध, जिम्मेवारी, दायित्व अधिकारहरुको सम्बन्धमा समुदायस्तरमा जानकारी गराई व्यक्तिगत, पारिवारिक तथा सामाजिक जिवनलाई सफल गराउन मद्दन पुऱ्याउने हेतुले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सभापतीत्व विशेष सरकारी वकील कार्यालयका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्री ज्ञान प्रसाद भुसाल ज्यूले गर्नु भएको थियो भने कार्यक्रम संयोजक उपन्यायाधिवक्ता श्री गोपाल लामिछाने ज्यूद्वारा कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य प्रष्ट पारिएको थियो ।
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल
Cyber Security Advisory सम्बन्धमा ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास