कार्यालयको दैनिक कामकाज सम्बन्धमा

samachar

2082-5-30

मिति २०८२।०५।२४ गते जेन-जी प्रदर्शनको क्रममा कार्यालयमा भएको आगजनी, तोडफोड एवं लुटपाटको क्रममा यस कार्यालयमा समेत गम्भीर क्षति पुगेको छ । सार्वजनिक सम्पत्तिको रुपमा कार्यालयमा रहेका ४ थान चारपाङ्गे सवारी साधनको साथै ९ थान दुईपाङ्गे सवारी साधन पूर्ण रुपमा जलेको र १ थान आंशिक रुपमा जलाएको पाइएको छ भने ल्यापटप, कम्प्युटर, प्रिन्टर, डिजिटल क्यामरा, कुर्सी, केहि पुस्तक लगायतका थुप्रै सामाग्रीहरु चोरी तथा लुटपाट भएको समेत देखिन्छ ।

भूइंतलामा रहेको दर्ता चलानी फाँटको साथै अभिलेख शाखा पूर्ण रुपमा जलेर खरानीमा परिणत भएकोले त्यहाँ भएका कार्यालय सामान सहित मिसिलहरु एवं अन्य भौतिक सम्पत्ति नष्ट भएको छ । घटनास्थल मुचुल्का, भौतिक अवस्थिति, श्रोतसाधन मिसिल कागजात एवं अन्य क्षतिग्रस्त सामाग्रीहरुको विवरण संकलन गर्ने कार्यको साथै कार्यालय सरसफाइ गरी आँशिक रुपमा कामकारवाही सुचारु गरिएको छ ।

उक्त कार्यमा सम्पूर्ण कर्मचारीहरु तदारुकताका साथ दत्तचित्त भइ लागेकोले यथाशिघ्र कार्यालयको दैनिक कामकाज पूर्ण रुपमा सुचारु गरिनेछ ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना


कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।


कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।


विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६


चमेनागृह सञ्चालन सम्बन्धी सूचना


चमेनागृह सञ्चालन सम्बन्धी सूचना


चमेनागृह सञ्चालन सम्बन्धी सूचना


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।