कार्यालयको दैनिक कामकाज सम्बन्धमा

samachar

2082-5-30

मिति २०८२।०५।२४ गते जेन-जी प्रदर्शनको क्रममा कार्यालयमा भएको आगजनी, तोडफोड एवं लुटपाटको क्रममा यस कार्यालयमा समेत गम्भीर क्षति पुगेको छ । सार्वजनिक सम्पत्तिको रुपमा कार्यालयमा रहेका ४ थान चारपाङ्गे सवारी साधनको साथै ९ थान दुईपाङ्गे सवारी साधन पूर्ण रुपमा जलेको र १ थान आंशिक रुपमा जलाएको पाइएको छ भने ल्यापटप, कम्प्युटर, प्रिन्टर, डिजिटल क्यामरा, कुर्सी, केहि पुस्तक लगायतका थुप्रै सामाग्रीहरु चोरी तथा लुटपाट भएको समेत देखिन्छ ।

भूइंतलामा रहेको दर्ता चलानी फाँटको साथै अभिलेख शाखा पूर्ण रुपमा जलेर खरानीमा परिणत भएकोले त्यहाँ भएका कार्यालय सामान सहित मिसिलहरु एवं अन्य भौतिक सम्पत्ति नष्ट भएको छ । घटनास्थल मुचुल्का, भौतिक अवस्थिति, श्रोतसाधन मिसिल कागजात एवं अन्य क्षतिग्रस्त सामाग्रीहरुको विवरण संकलन गर्ने कार्यको साथै कार्यालय सरसफाइ गरी आँशिक रुपमा कामकारवाही सुचारु गरिएको छ ।

उक्त कार्यमा सम्पूर्ण कर्मचारीहरु तदारुकताका साथ दत्तचित्त भइ लागेकोले यथाशिघ्र कार्यालयको दैनिक कामकाज पूर्ण रुपमा सुचारु गरिनेछ ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

कार्यालयमा चमेना गृह सञ्चालन सम्बन्धी बैठकको सूचना


सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


सूचि दर्ता सम्वन्धी सूचना !!!


कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


कार्यालय समय परिवर्तन सम्वन्धी सूचना


कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल


Cyber Security Advisory सम्बन्धमा ।


लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना