सम्पत्ति शुद्धीकरण मुद्दाको सन्दर्भमा सरोकारवाला निकायहरूबीचको अन्तरक्रिया

samachar

2076-3-27

विशेष सरकारी वकील कार्यालय, काठमाण्डौंले आयोजना गरेको “सम्पत्ति शुद्धीकरण मुद्दाको सन्दर्भमा सरोकारवाला निकायहरु बिचको अन्तरक्रिया" कार्यक्रम काठमाण्डौंमा मिति २०७६।३।२७ गते सम्पन्न भएको छ। 

उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ताहरु, बिशेष अदालतका माननीय अध्यक्ष तथा सदस्यहरु, महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ताहरु, नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, विशेष अदातलका रजिस्ट्रार, उप-रजिस्ट्रारहरु र विशेष सरकारी वकील कार्यालयका राजपत्राकिंत तथा राजपत्र अनकिंत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

उक्त अन्तरक्रिया कार्यक्रममा सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक श्री रुपनारायण भट्टराईले  “सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानकर्ताको भूमिका, समन्वय र अनुभव" विषयक र विशेष अदालतका माननीय अध्यक्ष श्री बाबुराम रेग्मीले “सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा हाम्रो अभ्यास र सुधारका क्षेत्र" बिषयक कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो। 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विशेष सरकारी वकील कार्यालयका सह-न्यायाधिवक्ता श्री मुरारी प्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी कसूरको अनुसन्धानका लागि सहि, सत्य र वास्तविक सूचना वा उजुरीको प्राप्ती पश्चात गरिने शंकारहित सबुद प्रमाण संकलन सहितको अनुसन्धान र सो अनुसन्धानबाट प्राप्त सबुद प्रमाणको आधारमा गरिने कानून सम्मत अभियोजन, बहस, पैरवी र प्रतिरक्षा तथा न्याय निरोपण क्रममा आई परेका विविध समस्याका बारेमा छलफल गरी सुधारका क्षेत्रहरु पहिल्याउन सकिन्छ कि? साझा बुझाई गर्न सकिन्छ कि? आगामी दिनमा आ-आफ्ना कार्यक्षेत्रबाट गरिने कामकारवाहीहरुलाई अझ बढी निखारता ल्याउन सकिन्छ कि? भन्ने जस्ता उद्देश्‍यले यो अन्तक्रिया कार्यक्रमको आयोजना विशेष सरकारी वकील कार्यालयबाट गरिएको हो भनी बताउनुभएको थियो।

कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुमाथि छलफल गर्दै आ-आफ्नो विचार एवं जिज्ञासा राखी सहभागीहरुले सक्रिय सहभागिता जनाउनुभएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथी माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनमा संशोधन गर्नुपर्ने भए किन? कहाँ? कहाँ? र के प्राप्तिका लागि? तथा यसको सैद्धान्तिक एवं व्यवहारिक रुपमा आएका समस्याहरुलाई यथाशीघ्र सम्बोधन गर्नलाई आ-आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता प्रकट गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता गर्नुहुने नायब महान्यायाधिवक्ता श्री खगराज पौडेलले मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजजातः


विशेष सरकारी वकील कार्यालयको आ व २०७८-७९ को वार्षिक प्रतिवेदन।


बैकिंङ कसुर मुद्दाको मिलापत्र निवेदनको फर्मेट।


विशेष सरकारी वकील कार्यालय संग सम्बन्धित चालु आ.व. २०७८।०७९ को श्रावणदेखी माघ मसान्तसम्मको अदालत तथा न्यायाधिकरणमा मुद्धा दर्ताको विवरण


सवारी खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना।


सवारी खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना।


दशैँ विदामा कर्मचारी खटाइएको


विशेष अदालतमा साक्षी बकपत्र स्थगनसम्बन्धी सूचना


उपन्यायाधिवक्ता श्री पदमबहादुर कार्कीको विदाइ कार्यक्रम


कार्यालयमा कामकाज गर्ने गरी कर्मचारी खटाइएको सम्बन्धमा