2076-1-16
विशेष सरकारी वकील कार्यालय, काठमाडौंको आयोजनामा तीन दिवसीय "सूचना प्रविधि र मुद्दा व्यवस्थापन प्रणाली (CMS) सफ्टवेयर प्रयोग सम्बन्धी" सीप विकास तथा प्रशिक्षण कार्यक्रम २०७६ वैशाख १३ गते देखि वैशाख १५ गते सम्म धुलिखेलमा सम्पन्न भएको छ ।
विशेष सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकील र कर्मचारीलाई सूचना प्रविधिको प्रयोगको क्षमता अभिवृद्घि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै विशेष सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री मुरारीप्रसाद पौडेलले सरकारी वकील र कर्मचारी व्यवसायिक हुन र कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगमा दक्षता अभिवृद्घि गर्नुपर्ने बताउनुभयो।उहाँले प्रशिक्षण कार्यक्रममा सिकेको सीप र ज्ञानलार्इ सूचना प्रविधिको प्रयोगमा निरन्तरता दिर्इ अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
तीन दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई कार्यालयबाट प्रदान गरिएको इमेलको प्रयोगसम्बन्धी, मुद्दा व्यवस्थापन प्रणाली सम्बन्धी (CMS) सफ्टवेयरको प्रयोग, महान्यायाधिवक्ताको कार्यालयका लागि निर्माण गरिएका सफ्टवेयरहरूको प्रयोगको अवस्था, महान्यायाधिवक्ताको कार्यालयबाट मातहत कार्यालयको विद्युतीय अनुगमन प्रणाली, मुद्दा प्रणालीमा भिडियो कन्फरेन्सिङको प्रयोग, महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालयको multi webpage र सूचना प्रविधिको कार्यान्वयनमा देखिएका चुनौतीहरूको विषयमा विषयविज्ञ प्राविधिकहरुबाट प्रस्तुतीकरण र छलफल भएको थियो।
प्रशिक्षण कार्यक्रमको स्रोत व्यक्तिहरूमा महान्यायाधिवक्ताको कार्यालयको सूचना प्रविधि महाशाखाका सूचना प्रविधि इञ्जिनियरद्वय श्री सन्देश अवाल र श्री सुनिल पराजुली रहनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको सञ्चालनमा विशेष सरकारी वकील कार्यालय, काठमाडौंका शाखा अधिकृत श्री नगेन्द्र लम्सालले सहजीकरण गर्नुभएको थियो ।
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल
Cyber Security Advisory सम्बन्धमा ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास