वर्तमान अवस्था, सुधारका क्षेत्रहरू र भावी रणनीति" सम्बन्धी कार्यक्रम नगरकोटमा सम्पन्न

samachar

2076-3-9

विशेष सरकारी वकील कार्यालय, काठमाण्डौंको आयोजनामा दुइ दिने विशेष सरकारी वकील कार्यालयको वर्तमान अवस्था, सुधारका क्षेत्रहरु र भावी रणनीतिसम्बन्धी कार्यक्रम २०७६ जेठ ३१ र ३२ गते नगरकोटमा सम्पन्न भएको छ।

विशेष सरकारी वकील कार्यालयले स्थापनाकालदेखि के कस्ता कार्यहरु सम्पादन गर्दै आएको छ र सोको यथार्थ जानकारी दिने, सुधारका क्षेत्रहरु के के हुनसक्छन् साथै आगामी दिनहरुमा यस कार्यालयले के कस्ता रणनीति लिई कार्यालयलाई सुधारात्मक दिशा तर्फ लैजान सकिन्छ। प्रभावकारी रुपमा कार्यालयको कार्यसम्पादन कसरी अगाडि बढाउने भन्ने समेत उद्देश्यले महान्यायाधिवक्ताको कार्यालयसंग समन्वय र सहकार्य गरी उक्त कार्यक्रम आयोजना गरिएको थियो।

महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्‍चबर्षीय रणनीतिक योजनाको लक्ष्य अनुरुप विशेष सरकारी वकील कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा विशेष सरकारी वकील कार्यालयको वर्तमान अवस्था र सुधारका क्षेत्रहरुबारे तथा विशेष सरकारी वकील कार्यालयको भावी रणनीतिहरूसम्बन्धी प्रस्तुतीकरण सहन्यायाधिवक्ता श्री मुरारीप्रसाद पौडेलबाट भएको थियो।उक्त प्रस्तुतीकरणका क्रममा कार्यालयको हालसम्मको प्रगति, मुद्दाहरुको अवस्था, जनशक्ति तथा भौतिक अवस्थाको चित्रण गर्दै सुधारका क्षेत्रहरुका बिषयमा प्रकाश पार्नुका साथै भावी रणनीतिहरुको बारेमा समेत प्रस्तुतीकरण मार्फत छलफल र अन्तरक्रिया गरिएको थियो।

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा आरम्भ उक्त कार्यक्रममा नायब महान्यायाधिवक्ताहरु तथा महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गत कार्यालयका सह-न्यायाधिवक्ताहरुको उपस्थिति रहेको थियो भने विशेष सरकारी वकील कार्यालयको अधिकृतस्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको समापनको अध्यक्षता गर्नुभएका नायब महान्यायाधिवक्ता श्री खगराज पौडैलले कार्यक्रमको उद्देश्यलाई सार्थकता प्रदान गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभएको थियो।

उक्त दुई दिने कार्यक्रमको आयोजना गर्नुको उद्देश्यमाथि उपन्यायाधिवक्ता श्री पदमबहादुर कार्कीले प्रकाश पार्नु भएको थियो भने शाखा अधिकृत श्री टेकनाथ अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

विशेष सरकारी वकील कार्यालय, काठमाण्डौंको आयोजनामा दुइ दिने विशेष सरकारी वकील कार्यालयको वर्तमान अवस्था, सुधारका क्षेत्रहरु र भावी रणनीति" सम्बन्धी कार्यक्रम २०७६ जेठ ३१ र ३२ गते नगरकोटमा सम्पन्न भएको छ। download
सूचना

मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजजातः


विशेष सरकारी वकील कार्यालयको आ व २०७८-७९ को वार्षिक प्रतिवेदन।


बैकिंङ कसुर मुद्दाको मिलापत्र निवेदनको फर्मेट।


विशेष सरकारी वकील कार्यालय संग सम्बन्धित चालु आ.व. २०७८।०७९ को श्रावणदेखी माघ मसान्तसम्मको अदालत तथा न्यायाधिकरणमा मुद्धा दर्ताको विवरण


सवारी खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना।


सवारी खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना।


दशैँ विदामा कर्मचारी खटाइएको


विशेष अदालतमा साक्षी बकपत्र स्थगनसम्बन्धी सूचना


उपन्यायाधिवक्ता श्री पदमबहादुर कार्कीको विदाइ कार्यक्रम


कार्यालयमा कामकाज गर्ने गरी कर्मचारी खटाइएको सम्बन्धमा