• जिल्ला सरकारी वकील कार्यालय, रोल्पामा यहाँहरूलाई स्वागत छ ।

परिचय

नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष एवम् सक्षम न्यायपालिका र कानूनी शासनप्रति प्रतिवद्धता व्यक्त गरेको छ । कानूनको शासनको स्थापनाका लागि स्वतन्त्र, सक्षम र प्रभावकारी फौजदारी न्याय प्रशासन आवश्यक पर्दछ । संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष एवम् सक्षम न्यायपालिका तथा कानूनी राज्यको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न एवम् नागरिकका आधारभूत अधिकारहरूको संरक्षण गर्ने महत्वपूर्ण संस्थाको रूपमा महान्यायाधिवक्ताको कार्यालय स्थापित छ ।

नेपालको संविधानको धारा १५८ मा नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार र मुख्य अभियोजनकर्ताका रूपमा महान्यायाधिवक्ताको व्यवस्था गरिएको छ । सोही धारा १५८ को उपधारा (७) मा महान्यायाधिवक्ताले आफ्नो काम, कर्तव्य र अधिकार तोकिएको शर्तको अधीनमा रही प्रयोग र पालन गर्ने गरी मातहतका सरकारी वकीललाई सुम्पन सक्ने व्यवस्था छ । उक्त संवैधानिक प्रावधान अनुरूप मिति २०७२/०६/०३ को राजपत्रमा प्रकाशित सूचना अनुसार महान्यायाधिवक्ताबाट मातहतका जिल्ला सरकारी वकीलहरूलाई आफूमा निहित मुद्दा चलाउने वा नचलाउने अधिकार विभिन्न शर्तसहित सुम्पिएको छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा ३ को उपदफा (१) मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । सरकरी वकीलसम्बन्धी नियमवली, २०७७ को नियम ४ को उपनियम (९) बमोजिम प्रत्येक जिल्लाम जिल्ला अदालतको मुकाम रहेको स्थान जिल्ला सरकारी वकील कार्यलय रहने व्यवस्था रहेको छ । सोही बमोजिम जिल्ला सरकारी वकील कार्यालय रोल्पाको स्थापना २०२४ सालमा रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा भएको हो । हाल रोल्पा नगरपलिका वडा नं. ४ टुडींखेल नजिक रहेको आफ्नै भवनबाट कार्यालयले सेवा प्रवाह गरिरहेको छ ।

कार्यालयमा जिल्ला न्यायाधिवक्ता (रा.प द्धितिय) १‚ सहायक जिल्ला न्यायाधिवक्ता (रा.प.तृतीय) १, नायब सुब्बा २‚ खरिदार १‚ टाईपिष्ट खरिदार (सहायक कम्प्युटर अपरेटर) १, हलुक सवरी चालक १,  र कार्यालय  सहयोगी ३ जना समेत १० जना कर्ममचारीको जनशक्ति संरचना रहेको छ ।

सरकारी वकील सम्बन्धी नियमावली, २०७७ अनुसार जिल्ला सरकारी वकील कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेका छन्:

(क)   नेपाल सरकार वादी हुने मुद्दामा प्रहरी वा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात गरी आवश्यक कारबाहीका लागि प्राप्त भएका मिसिलमा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भए बमोजिम मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने र मुद्दा चल्ने निर्णय भएकोमा सम्बन्धित अदालतमा मुद्दा दायर गर्ने,

(ख)   नेपाल सरकार वादी भई दायर भएका मुद्दा वा नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहस पैरवी र प्रतिरक्षा गर्ने,

       (ग)   सम्बन्धित जिल्लामा रहेका नेपाल सरकारका कार्यालयका प्रमुखले मागेको कुनै कानूनी प्रश्नमा राय सल्लाह दिने,

(घ)   मुद्दा हेर्ने अधिकारी वा सम्बन्धित अदालतबाट भएको फैसला वा आदेश उपर पुनरावेदन, निवेदन गर्ने  वा नगर्ने सम्बन्धी आवश्यक काम कारबाही गर्ने ।

कार्यालयको कार्यसम्पादनलई सहज बनाउन हाल यस कार्यालयमा प्रशासन तथा लेखा शाखा, अभियोग, मुद्दा तथा पुनरावेदन शाखा, पुस्तकालय शाखा र सूचना प्रविधि शाखा विभाजन गरी कार्यसम्पादन गरिदै आएको छ ।


निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को श्रावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको आ.व. २०७८/०७९ को योजना कार्यान्वयन समिति गठन गरियो ।


सूचना प्रविधि सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा .........


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को श्रावण महिना देखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम प्रकाशित विवरण


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।


रोल्पा जिल्ला अन्तर्गत रहेका अनुसन्धान गर्ने निकायहरूमध्ये २ वटा निकायहरूको निरीक्षण कार्य मिति २०७९/०४/२२ र २३ गते सम्पन्न ।


समन्वय समितिको बैठक मिति २०७९/०३/१५ गतेका दिन सम्पन्न ।


समन्वय समितिको तेस्रो बैठक सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रमको पाँचौ संस्करण लङ्ग्री गाउँपालिका वडा नं. ०५ बडाचौर रोल्पामा सम्पन्‍न ।


समुदायमा सरकारी वकील कार्यक्रमको चौथो संस्करण रोल्पाको सुलिचौरमा सम्पन्‍न ।


आ.व. २०७८/०७९ सालको समुदायमा सरकारी वकील कार्यक्रमको तेस्रो संस्करण श्री तारा माध्यमिक विद्यालय, रोल्पा न.पा. वडा नं. ०१ बामरुक रोल्पामा सम्पन्न ।


फाल्गुन महिनाको मासिक स्टाफ बैठक सम्पन्न .....................


सहायक जिल्ला न्यायाधिवक्ता श्री नुमराज खनाल शर्माज्यूको बिदाई ।


समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गतको दोस्रो संस्करणमा अदालतमा प्रस्तुत हुने लिखित जवाफको, तयारी, प्रक्रिया र कानूनी राय विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न ।



सह-न्यायाधिवक्ता पुण्य प्रसाद पाठकसहितको टोलीद्बारा जिल्ला सरकारी वकील कार्यालय रोल्पाको निरीक्षण सम्पन्न ।


आ.व. २०७८/०७९ को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम रोल्पा नगरपालिका वडा नं. ०२ थलिबाङ रोल्पामा सम्पन्न ।


२०७८ सालको विजया दशमीको शुभकामना आदान-प्रदानसहित असोज महिनाको कर्मचारीहरूको बैठक सम्पन्न ।


समन्वय समितिको तेस्रो बैठक सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रमको चौथो श्रृङ्खला घर्तीगाउँमा



हेलोरीमा समुदायमा सरकारी वकील कार्यक्रम


समन्वय समितिको दोस्रो बैठक सम्पन्न


सरकार वादी मुद्दाको सफलतामा समुदायको भूमिका महत्वपूर्ण


अभियोजन नीतिवारे जानकारी दिन अन्तरक्रिया


खुङ्ग्रीमा समुदायमा सरकारी वकील कार्यक्रम


समन्वय समिति बैठक सम्पन्न ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता (९८५७८६००१७)

श्री चुरामणि पराजुली (कार्यालय प्रमुख)

सहायक जिल्ला न्यायाधिवक्ता (सूचना अधिकारी) (९८५७८७७०१७)

श्री प्रतिमा दाहाल