समन्वय समितिको तेस्रो बैठक सम्पन्न

samachar

2078-3-12

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिमको केन्द्रीय समन्वय समितिको निर्णयबाट गठित जिल्लास्तरीय समन्वय समिति, रोल्पाको तेस्रो बैठक मिति २०७८ असार ११ गते शुक्रवार सम्पन्न भएको छ ।

महान्ययाधिवक्तको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७३।०७४-२०७७।०७८) को रणनीति अनुसार मुलुकी फौजदरी कार्यविधि संहिता, २०७४ को अनुसूची १ र २ अन्तर्गतका कसूरको अनुसन्धान र अभियोजनलाई सुदृढ र प्रभावकारी बनाउन सोही संहिताको दफा १९४ बमोजिमको केन्द्रीय समन्वय समितिले उच्च, विशेष र जिल्ला सरकारी वकील कार्यालय तहमा पनि समन्वय समिति गठन गरेको हो ।

समितिका संयोजक निमित्त जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा २०७८ साउन १ गतेदेखि लागू हुने महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७८/०७९-२०८२/०८३) को मुख्य प्रावधानहरूका बारेमा जानकारी गराइएको थियो । अभियोजनलाई बस्तुगत र बैज्ञानिक प्रमाणमा आधारित बनाउने समेतका पाँच लक्ष्य लिएको पञ्चवर्षीय रणननीतिक योजनाको कार्यान्वयनमा सहयोग गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यस्तै यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश मिति २०७८ बैशाख २१ मा जारी भई नेपाल राजपत्रमा प्रकाशित समेत भैसकेको हुँदा यौन हिंसा सम्बन्धी सरकार वादी मुद्दाको अनुसन्धान र अभियोजनका क्रममा नयाँ कानूनी व्यवस्था बमोजिम माग दावी लिने र जवरजस्ती करणी मुद्दाको पीडितलाई सम्भव भएसम्म अभियोगपत्र साथ अदालतमा पेश गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी जवरजस्ती करणी सम्बन्धी कसूरमा झुटो उजुरी वा वकपत्र गरेमा सजाय हुने तथा मिलापत्र गर्ने गराउने कार्य कसूर हुने गरी भएको कानूनी व्यवस्थाका बारेमा सर्वसाधारणलाई जानकारी गराउन जनचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले बयस्क महिलाले नाबालकलाई यौन दुरूपयोग गरे गराएमा मुद्दा दायर हुने  र चेक अनादर सम्बन्धी बैङ्किङ्ग कसूर मुद्दामा सर्वोच्च अदालतको फैसला एवम् महान्यायाधिवक्ताको कार्यालयको परिपत्र बमोजिम मिलापत्र हुन सक्ने हुँदा सोही बमोजिम कारवाही अगाडि बढाउने निर्णय पनि गरेको छ । समितिको आगमी बैठकमा आर्थिक वर्ष २०७७।०७८ मा भएका बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्ने सेमत निर्णय गरिएको छ ।

बैठकमा रोल्पा जिल्ला अदालतका श्रेस्तेदार श्री प्रेम खड्का, प्रहरी नायब उपरीक्षक श्री नरेशराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी श्री मनोजकुमार सैनी, डिभिजनल वन अधिकृत श्री दधिलाल कडेल, रोल्पा अस्पत्ताल, रेउघाका मेडिकल अधिकृत डा श्री आधार वलीलगायतको सहभागिता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।