२०७८ सालको विजया दशमीको शुभकामना आदान-प्रदानसहित असोज महिनाको कर्मचारीहरूको बैठक सम्पन्न ।

samachar

2078-7-12

मिति २०७८/०६/२२ गते शुक्रबारका दिन विजयादशमी २०७८ को पूर्वसन्ध्यामा यस जिल्ला सरकारी वकील कार्यालय रोल्पाका जिल्ला न्यायाधिवक्ता श्री सन्तोष शर्माको अध्यक्षतामा तपसिल बमोजिमका कर्मचारीको उपस्थितीमा बैठक बसी बिजया दशमी २०७८ को पावन अवसरमा शुभकामना आदान-प्रदान गर्दै देहायका विषय/प्रस्तावमाथि छलफल गरी निर्णय समेत गरीयो ।

छलफलका विषय/प्रस्तावहरूः

१. निजामती पोषाक तथा परिचयपत्र सम्बन्धमा ।

२. अभिलेख व्यवस्थापन सम्बन्धमा ।

३. विविध सम्बन्धमा ।

  • उल्लेखित प्रस्ताव नं. १ माथि छलफल गर्दा यस कार्यालयका सम्पूर्ण कर्मचारीहरूले कार्यालय समयमा साताको १ दिन शुक्रबार बाहेकका अन्य दिनहरूमा नेपाल सरकारले निजामती कर्मचारीहरूका लागि भनी लेखेको पोषाक अनिवार्य रुपमा लगाउने तथा कार्यालय परिचयपत्र समेत झुण्याउने कार्यलाई निरन्तरता दिदै अनिवार्य रुपमा पालना गर्ने निर्णय गरियो ।
  • उल्लिखित प्रस्ताव नं. ०२ माथि छलफल गर्दा कार्यालयमा सम्पादन गरिने सम्पूर्ण कार्यहरूको आधारसम्म एवं केन्द्रबिन्दुको रुपमा रहने अभिलेख व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई यस कार्यालयको कार्यसम्पादनको गतिलाई थप गुणस्तरीय, सेवाग्राही मैत्री, छिटो छरितो एवं चुस्ट दुरुष्ट बनाई राख्न मुद्दाका मिसिलहरूमा संलग्न गर्नुपर्ने कागजातहरूको यथा समयमै अद्यावधिक गर्ने, कार्यालयमा बाहिरबाट प्राप्त हुने र कार्यालयबाट बाहिर पठाउने कागजातहरूको उचित तवरबाट अभिलेख राख्ने तथा कार्यालयमा रहेका मुद्दा, प्रशासन लेखा जिन्सी आदी जस्ता विषयहरूसँग सम्बन्धित अभिलेख रजिष्टर/दायरीहरूमा यथासमयमै अभिलेख राख्ने र खोजिएको बखत तत्काल नै उपलब्ध हुन सक्ने ढंगबाट सोको व्यवस्थापन गर्ने निर्णय गरियो ।
  • प्रस्ताव नं. ०३ माथि छलफल गर्दा कार्यालयसँग सम्बन्धित रहेर गर्नुपर्ने कार्यसम्पादनका बिभिन्न बिषयहरू सरसफाई, कार्यालयमा आउने सेवाग्राहीहरूलाई गर्ने व्यवहार, कर्मचारीहरूबीचको भाइचारको सम्बन्ध, सरोकारवाला अन्या निकायहरूसँगको समन्वय र सम्बन्ध जस्ता विषयहरूमा थप सकारात्मक एवं संवेदनशिल भै कार्यालयको समग्र गुणस्तर व्यवस्थापनलाई थप अभिवृद्धी गर्ने निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।