सरकार वादी मुद्दाको सफलतामा समुदायको भूमिका महत्वपूर्ण

samachar

2077-12-1

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता राजनराज घिमिरेले सरकार वादी फौजदारी मुद्दाको सफलतामा समुदाय र यसका सरोकारवालाहरूका बीचमा उत्कृष्ट समन्वय हुनुपर्ने बताउनुभएको छ । फौजदारी न्यायिक प्रक्रियामा पीडितमात्र नभै कसूरका सम्बन्धमा देखे जानेका मानिसहरू र सिङ्गो समाजको भूमिका महत्वपूर्ण हुने उहाँले बतउनुभयो ।

कसूरबाट पीडित व्यक्तिलाई न्याय प्राप्तीका लागि लामो प्रक्रिया र चरणहरू पार गर्नुपर्ने उल्लेख गर्दै सहन्यायाधिवक्ता घिमिरेले कसूरको सूचना दर्तादेखि अनुसन्धान, अभियोजन, प्रमाण परीक्षण हुँदै फैसला कार्यान्वयनसम्म सबै सरोकारवालाहरूका बीचमा समन्वय र सहकार्य हुनुपर्नेमा समेत जोड दिनुभयो । उच्च सरकारी वकील कार्यालय तुलसीपुर र जिल्ला सरकारी वकील कार्यालय रोल्पाको संयुक्त आयोजना र जिल्ला प्रहरी कार्यालय रोल्पाको सहकार्यमा २०७७ फाल्गुण २९ गते शनिवार रोल्पाको माडिचौरमा आयोजि समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै सहन्यायाधिवक्ता घिमिरेले सरकारी साक्षी संरक्षणका लागि महान्यायाधिवक्तको कार्यालयले गरेका प्रयासहरूका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाले प्रक्षेपण गरेबमोजिम उच्च तथा जिल्ला सरकारी वकील कार्यालयहरूको वार्षिक कार्ययोजना अनुरुप पीडितको वकीलका रूपमा सरकारी वकीलको जिम्मेवारी, सरकार वादी हुने मुद्दाको कारवाही प्रक्रिया एवम् समुदायको भूमिका र जिम्मेवारी समेतका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सरकार वादी फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षामा सरकारी वकीलको भूमिका तथा समुदायसँगको अपेक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्दै निमित्त जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माले अपराधको सूचना दर्तादेखि न्याय सम्पादनका फरक फरक चरणहरूका बारेमा जानकारी गराउनुभएको थियो । फौजदारी न्याय प्रणालीमा संलग्न हुने मुख्य तीन अङ्गहरू अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्यायालयको आ-आफ्नै भूमिका र जिम्मेवारी कानूनले प्रदान गरेको जानकारी गराउँदै अपराधको सूचना दर्ता र अनुसन्धानका विभिन्न चरहणहरूमा समुदायको अहम् भूमिका र जिम्मेवारी रहने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रोल्पा जिल्ला अदालतका स्रेस्तेदार प्रेम खड्काले न्याय र कानूनको अन्तिम उद्देश्य जनतालाई सेवा दिनु हुने बताउँदै कानूनको कार्यान्वयनमा सबै पक्षको उत्तिकै भूमिका र जिम्मेवारी रहने जानकारी गराउनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोषकुमार के.सी.ले अपराध रोकथाम र न्यूनीकरणमा सहयोग गर्न समुदायसँग अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा ध्रुबचन्द्र पुनमगर, लालबहादुर घर्तीमगर, कृष्णराज घर्ती, राधा पुन, दिलकुमारी के.सी.लगायतले कानून न्यायका बारेमा विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो ।

रोल्पा नगरपलिका वडा नं. ७ का वडा सदस्य नन्दराम पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा विषय प्रवेश उच्च सरकारी वकील कार्यालय तुलसीपुरका उपन्यायाधिवक्ता कृष्णबहादुर ओली र सञ्चालन जिल्ला सरकारी वकील कार्यालय रोल्पाका नायब सुब्बा उमापती गैरेले गर्नुभएको थियो । स्थानीय तहका जनप्रतिनिधि, आमा समूह, सामाजिक अगुवा सेमत ८१ जनाको सहभागिता रहेको उक्त कार्यक्रम माडिचौरस्थित रङ्गशालाको हलमा सम्पन्न भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

download
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।