समुदायमा सरकारी वकील कार्यक्रमको चौथो श्रृङ्खला घर्तीगाउँमा

samachar

2078-1-3

जिल्ला सरकारी वकील कार्यालय रोल्पाको आयोजना एवम् इलाका प्रहरी कार्यालय घर्तीगाउँ, रोल्पाको सहकार्यमा मिति २०७७ चैत्र २७ गते शुक्रवार माडी गाउँपालिका वडा नं. २ घर्तीगाउँमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी संयुक्त कार्यक्रम सम्पन्न गरिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाले प्रक्षेपण गरेबमोजिम जिल्ला सरकारी वकील कार्यालय रोल्पाको वार्षिक कार्ययोजना अनुरुप पीडितको वकीलका रूपमा सरकारी वकीलको जिम्मेवारी, सरकार वादी हुने मुद्दाको कारवाही प्रक्रिया एवम् समुदायको भूमिका र जिम्मेवारी समेतका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सरकार वादी फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षामा सरकारी वकीलको भूमिका तथा समुदायसँगको अपेक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्दै निमित्त जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माले अपराधको सूचना दर्तादेखि न्याय सम्पादनका फरक फरक चरणहरूका बारेमा जानकारी गराउनुभएको थियो । फौजदारी न्याय प्रणालीमा संलग्न हुने मुख्य तीन अङ्गहरू अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्यायालयको आ-आफ्नै भूमिका र जिम्मेवारी कानूनले प्रदान गरेको जानकारी गराउँदै अपराधको सूचना दर्ता, अनुसन्धानका विभिन्न चरहणहरूमा र प्रमाण परीक्षणदेखि फैसला कार्यान्वयनसम्म समुदायको अहम् भूमिका र जिम्मेवारी रहने उल्लेख गर्नुभएको थियो ।

माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पुनले समुदायमा सरकारी वकील कार्यक्रम समुदायस्तरमा पुग्नुपर्ने प्रकृतिको भएको उल्लेख गर्दै माडी गाउँपालिकामा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार अन्तर्गत संविधानले न्यायिक समितिको व्यवस्था गरेको भए तापनि समितिले आफ्नो क्षेत्राधिकार प्रभावकारी रूपमा प्रयोग गर्न नसकेको हुँदा यस्ता कार्यक्रमहरूले समेत न्यायिक समितिको सक्रियतालाई थप प्रोत्साहित गर्ने उल्लेख गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष  एवम् स्थानीय न्यायिक समिति संयोजक धनकली बुढा मगरले न्यायिक समितिले सम्पादन गरेका काम कारवाहीका बारेमा जानकारी गराउँदै काम गर्दाका जटिल पक्षहरूका बारेमा समेत  प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिदै निमित्त जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माले स्थानीय न्यायिक समितिको क्षेत्राधिकार र सरकार वादी फौजदारी मुद्दाको फरक, विभिन्न कसूरमा हुने सजाय एवम् कारवाही प्रक्रिया, लामो समयदेखि समाजमा रहेका विभेदहरूलाई अन्त्य गर्न मौलिक हक कार्यान्वयन गर्नका लागि जारी भएका कानूनहरूले गरेको प्रवन्ध लगायतका विषयमा जानकारी बराउनुभएको थियो । कार्यक्रममा शिवप्रसाद वली, रितेश बुढा मगर, बुद्धीप्रसाद वली, गोपाल घर्तीमगर, टेकबहादुर बि.क., भागीराम परियार, दलबहादुर घर्तीमगर, खड्कबहादुर घर्तीमगर, हिरासिंह वि.क., बलप्रसाद वि.क. लगायतले कानून न्यायसँग समबन्धित विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक सुधीरकुमार खड्काको स्वागत मन्तव्यसँगै प्रारम्भ भएको कार्यक्रमको सञ्चालन जिल्ला सरकारी वकील कार्यालयका नायब सुब्बा उमापती गैरेले गर्नुभएको थियो । स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अगुवा, पत्रकार सेमतको सहभागिता रहेको उक्त कार्यक्रम घर्तीगाउँस्थित माडी गाउँपालिकाको हलमा सम्पन्न भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

download
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।