हेलोरीमा समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2077-12-23

जिल्ला सरकारी वकील कार्यालय रोल्पाको आयोजना र इलाका प्रहरी कार्यालय होलेरी, रोल्पाको सहकार्यमा २०७७ चैत्र २० गते शुक्रवार दक्षिणी रोल्पाको होलेरीमा समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी संयुक्त कार्यक्रम सम्पन्न भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाले प्रक्षेपण गरेबमोजिम जिल्ला सरकारी वकील कार्यालयको वार्षिक कार्ययोजना अनुरुप पीडितको वकीलका रूपमा सरकारी वकीलको जिम्मेवारी, सरकार वादी हुने मुद्दाको कारवाही प्रक्रिया एवम् समुदायको भूमिका र जिम्मेवारी समेतका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सरकार वादी फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षामा सरकारी वकीलको भूमिका तथा समुदायसँगको अपेक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्दै निमित्त जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माले अपराधको सूचना दर्तादेखि न्याय सम्पादनका फरक फरक चरणहरूका बारेमा जानकारी गराउनुभएको थियो । फौजदारी न्याय प्रणालीमा संलग्न हुने मुख्य तीन अङ्गहरू अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्यायालयको आ-आफ्नै भूमिका र जिम्मेवारी कानूनले प्रदान गरेको जानकारी गराउँदै अपराधको सूचना दर्ता र अनुसन्धानका विभिन्न चरहणहरूदेखि अदलतमा हुने प्रमाण परीक्षणसम्म समुदायको अहम् भूमिका र जिम्मेवारी रहने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रून्टीगढी गाउँपालिकाकी उपाध्यक्ष छमाया पुनले कार्यक्रम सञ्चालन गरेकोमा आयोजकलाई धन्वयाद दिदै सरकार वादी मुद्दाको कारवाही प्रकियाका बारेमा जानकारी प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय होलेरी, रोल्पाका प्रहरी निरीक्षक शङ्कर खड्काले अपराध रोकथाम र न्यूनीकरणमा सहयोग गर्न समुदायसँग अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा यमबहादुर दशौदी, रविना बुढा, अर्जुन पुन, चन्द्रबहादुर घर्ती, जङ्गबहादुर घर्ती, भीमबहादुर पुन, सुरेन्द्र रोका लगायतले कानून र न्यायका बारेमा विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष छमाया पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा विषय प्रवेश जिल्ला सरकारी वकील कार्यालय रोल्पाका नायब सुब्बा उमापती गैरे र सञ्चालन इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायब निरीक्षक नारायणबहादुर जिसीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्थानीय स्तरमा गठित विभिन्न समूहका प्रतिनिधिहरू, सामाजिक अगुवा, पत्रकार सेमत ३९ जनाको सहभागिता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण