समन्वय समिति बैठक सम्पन्न ।

samachar

2077-8-25

जिल्लास्तरीय समन्वय समिति, रोल्पाको मिति २०७७ मंसीर २५ गते विहिवार बसेको बैठकले सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनलाई थप वस्तुनिष्ठ एवम् प्रमाणमा आधारित बनाउने निर्णय गरेको छ ।

महान्ययाधिवक्तको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७३।०७४-२०७७।०७८) को रणनीति अनुसार मुलुकी फौजदरी कार्यविधि संहिता, २०७४ को अनुसूची १ र २ अन्तर्गतका कसूरको अनुसन्धान र अभियोजनलाई सुदृढ र प्रभावकारी बनाउन सोही संहिताको दफा १९४ बमोजिमको केन्द्रीय समन्वय समितिले उच्च, विशेष र जिल्ला सरकारी वकील कार्यालय तहमा पनि समन्वय समिति गठन गरेको हो ।

समितिका संयोजक निमित्त जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माको अध्यक्षतामा जिल्ला सरकारी वकील कार्यालय लिवाङ्‌मा बसेको बैठकले आर्थिक वर्ष २०७७/०७८ लाई अभियोजन सुधार वर्षका रूपमा घोषणा गरिएको हुँदा सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनलाई थप वस्तुनिष्ठ एवम् प्रमाणमा आधारित बनाउनका लागि सरोकारवाला निकायले आ-आफ्नो निकायबाट आवश्यक र उपयुक्त कार्यगर्ने निर्णय गरेको छ ।

त्यसैगरी साक्षी वकपत्रलाई अदालतबाट तोकिएकै दिनमा सम्पन्न गर्न सम्बन्धित साक्षीलाई समयमै सूचना दिन जिल्ला प्रहरी कार्यालयबाट मातहत प्रहरी कार्यालयहरूलाई सञ्चार गर्ने एवम् जिल्ला सरकारी वकील कार्यलयबाट हेलो साक्षी कार्यक्रमलाई प्रभावकारी बनाउने, कानून बमोजिम निरन्तर सुनुवाई गर्नुपर्ने प्रकृतिका मुद्दाहरूमा सरोकारवाला सबैले सहयोग गर्ने, भौतिक सबुदको परीक्षण प्रतिवेदन समयमै प्राप्त गर्नआवश्यक उपाय अपनाउने निर्णय गरिएको छ । 

त्यस्तै बालबालिका संलग्न भएका मुद्दामा बाल न्याय सम्बन्धी कार्यविधि कडाइका साथ अवलम्बन गर्ने, घटनास्थल मुचुल्का वा खानतलासी मुचुल्का वा लाश जाँच मुचुल्का वा अन्य किसिमको मुचुल्का खडा गर्दा अपनाउनुपर्ने कार्यविधि अपनाउने लगायतका निर्णय बैठकले गरेको छ ।

बैठकमा रोल्पा जिल्ला अदालतका श्रेस्तेदार श्री प्रेम खड्का, प्रहरी नायब उपरीक्षक श्री नरेशराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी श्री रामबहादुर के.सी., डिभिजनल वन अधिकृत श्री दधिलाल कडेल, रोल्पा अस्पत्ताल, रेउघाका मेडिकल सुपरीटेन्डेन्ट श्री धनमाया घर्ती लगायतको सहभागिता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।