आ.व. २०७८/०७९ को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम रोल्पा नगरपालिका वडा नं. ०२ थलिबाङ रोल्पामा सम्पन्न ।

samachar

2078-7-12

जिल्ला सरकारी वकील कार्यालय रोल्पाको आयोजना र श्री बालकल्याण नमुना उच्च माध्यमिक विद्‍यालय, रोल्पा नगरपालिका वडा नं. ०२ थलिबाङ रोल्पाको सहकार्यमा विद्‍यालय व्यवस्थापन समितिका अध्यक्ष्य महेश न्यौपानेको अध्यक्ष्यता एवम् विद्‍यालयका प्राचार्य मधुसुदन पोख्रेल लगायत विद्‍यालयका सम्पूर्ण शिक्षक/शिक्षिका र विद्‍यार्थिहरूको उपस्थितमा शुरु भएको समुदायमा सरकारी वकील कार्यक्रमको प्रस्तुती सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माले गर्नु भएको थियो । उहाँले सरकारी वकील कार्यालयको परिचय, प्रमुख भूमिका र जिम्मेवारी तथा सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनका सम्बन्धमा अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरीको भूमिका समेत समावेश भएको जानकारीमूलक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो

खुल्ला छलफलबाट उठेका प्रश्नहरूको संबोधनमा जिल्ला न्यायाधिवक्ता सन्तोष शर्माले सरकार वादी फौजदारी मुद्दाको सफलतामा समुदाय र यसका सरोकारवालाहरूका बीचमा उत्कृष्ट समन्वय हुनुपर्ने र फौजदारी न्यायिक प्रक्रियामा पीडितमात्र नभै कसूरका सम्बन्धमा देखे जानेका मानिसहरू र सिङ्गो समाजको भूमिका महत्वपूर्ण हुने साथै सरकारी वकील सदैव पीडितको वकील भएकाले सरकार वादी हुने मुद्दामा पीडितलाई न्याय प्राप्त हुनका लागि पीडित र सरकारी वकीलका बीचमा समेत बारम्बार अन्तरक्रिया र छलफल हुनुपर्ने एवम् समुदाय, नागरिक समाज, अनुसनधानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलका बीचमा हुन सक्ने समन्वय र सहकार्यका क्षेत्रहरूका बारेमा समेत चर्चा गर्नुका साथै अनुसन्धानका क्रममा खडा गरिएका विभिन्न मुचुल्काहरूमा रोहवरमा बसी दस्तखत गरिदिन र अदालतले बोलाएको दिनमा अदालतमा उपस्थित भई वकपत्र समेत गरिदिनु सर्वसाधारण/समुदाय को कर्तव्य हुने साथै मुलुकी फौजदारी कार्यविधि संहिताले मुचुलकाहरू खडा गर्दा सम्भव भएसम्मा स्थानीय जनप्रतिनिधिको दस्तखत गराउनुपर्ने व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले रोहवरमा बसी दस्तखत गर्ने र अदालतले बोलाएको समयमा उपस्थित भै वकपत्र गरिदिनु जनप्रतिनिधहरूको कर्तव्य समेत हुने बताउनुभयो । उहाँले समुदायमा जनचेतना संप्रेषणका लागी विद्यार्थीहरुको भुमीका अत्यन्त महत्वपुर्ण हुने समेत बताउनभयो ।कार्यक्रममा विद्‍यालयका प्राचार्य मधुसुदन पोख्रेल लगायत विद्‍यालयका सम्पूर्ण शिक्षक/शिक्षिका र विद्‍यार्थिहरूको उपस्थित  थियो भने कार्यक्रमको स्वागत तथा विषय प्रवेश र सञ्चालन नायब सुव्बा उमापति गैरेले गर्नु भएको थियो भने कार्यक्रमको मन्तव्यसहितको समापन कार्यक्रमका अध्यक्ष्य एवम् विद्‍यालय व्यवस्थापन समितिका अक्ष्यक्ष्य महेश न्यौपानेले गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।