समन्वय समितिको दोस्रो बैठक सम्पन्न

samachar

2077-12-6

जिल्लास्तरीय समन्वय समिति, रोल्पाको दोस्रो बैठक मिति २०७७ चैत्र ०६ गते शुक्रवार समितिका संयोजक निमित्त जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माको अध्यक्षताका बसेको छ । बैठकले  महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन, २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७७/०७८ लाई अभियोजन सुधार वर्षका रूपमा घोषणा भएको र कार्यान्वयनका क्रममा २०७४ सालमा जारी भएको अभियोजन नीतिलाई पुनरावलोकन गरी मिति २०७७।११।०९ मा पछिल्ला कानूनी व्यवस्था समेत समावेश गरी महान्यायाधिवक्ताको कार्यालयले अभियोजन नीति तथा मार्गदर्शन जारी गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७३।०७४-२०७७।०७८) को रणनीति अनुसार मुलुकी फौजदरी कार्यविधि संहिता, २०७४ को अनुसूची १ र २ अन्तर्गतका कसूरको अनुसन्धान र अभियोजनलाई सुदृढ र प्रभावकारी बनाउन सोही संहिताको दफा १९४ बमोजिमको केन्द्रीय समन्वय समितिले उच्च, विशेष र जिल्ला सरकारी वकील कार्यालय तहमा पनि समन्वय समिति गठन गरेको हो ।

बैठकले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश मिति २०७७ मंसीर २१ मा जारी भई नेपाल राजपत्रमा प्रकाशित समेत भैसकेको हुँदा यौन हिंसा सम्बन्धी सरकार वादी मुद्दाको अनुसन्धान र अभियोजनका क्रममा नयाँ कानूनी व्यवस्था बमोजिम जरिवाना समेतको माग दावी लिने र सम्भव भएसम्म पीडितलाई अभियोगपत्र साथ अदालतमा पेश गर्ने समेत निर्णय गरेको छ । त्यस्तै झुटो उजुरी वा वकपत्र गरेमा सजाय हुने तथा मिलापत्र गर्ने गराउने कार्य कसूर हुने गरी भएको कानूनी व्यवस्थाका बारेमा सर्वसाधारणलाई जानकारी गराउन समुदायमा आधारित जनचेतनामूलक क्रियाकलापहरू समेत सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

त्यस्तै पटकेमा दावी लिनुपर्ने प्रकृतीका मुद्दाहरूमा अभियुक्तले के-कुन कसूरमा के-कुन अदालतबाट के-कति सजाय पाएका हुन् भन्ने स्पष्ट खुल्ने प्रमाण अनुसन्धानकै चरणमा मिसिल सामेल गरी अनुसन्धान गर्ने र बालबालिका संलग्न कसूरको अनुसन्धान र अभियोजनमा बालबालिका सम्बन्धी ऐन, २०७५ र बाल न्याय कार्यविधि नियमावली, २०७६ बमोजिमका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्ने समेत निर्णय भएको छ ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी मनोजकुमार सैनी, रोल्पा जिल्ला अदालतका तहसीलदार प्रभाकरकुमार मल्लिक, प्रहरी निरीक्षक सन्तोषकुमार केसी, सहायक वन अधिकृत श्री बिरेन्द्र रोका, रोल्पा अस्पत्ताल, रेउघाका मेडिकल सुपरीटेन्डेन्ट धनमाया घर्ती समेतको सहभागिता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।