2075-5-12
माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले संवैधानिक कानूनमा विशिष्टीकरण सम्बन्धी तालिम लिएका २२ जना सरकारी वकीलहरूलाई २०७५ भाद्र ८ गते प्रामाणपत्र वितरण गर्नुभएको छ ।
महान्यायिधवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनामा सरकारी वकीलको सेवालाई बिशिष्टीकृत बनाउने उल्लेख भएको र माननीय महान्यायाधिवक्ताज्यूले पदभार सम्हालेको १००औं दिनमा घोषणा गर्नुभएबमोजिम पहिलो पटक सरकारी वकीलको सेवालाई विशिष्टीकरण गर्न महान्यायिधवक्ताको कार्यालयको अनुरोधमा राष्ट्रिय न्यायिक प्रतिष्ठनले तालिमको आयोजना गरेको हो । महान्यायिधवक्ताको कार्यालयले विभिन्न ७ विषयमा विशिष्टीकरणका लिग पाठ्यक्रम समेत तयार गरी व्वस्थापन समितिबाट पारित समेत गरीसकेको छ ।
प्रमाणपत्र वितरण कार्यक्रमलाई प्रमुख अतिथिको असनबाट सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ता खरेलले संविधानमा भएका व्यवस्थाहरूलाई न्याय गर्नका लागि विशिष्टीकरण आवश्यक भएको बताउनुभयो । उहाँले संविधानवादका अधारमा हुने संविधानको विकासक्रमका अतिरिक्त अदालती दृष्टिकोणहरू पनि महत्वपूर्ण हुने र तालिममा त्यस विषयमा पर्याप्त छलफल भएको उल्लेख गर्दै तालिमको प्रतिफल व्यवहारमा देख्न चाहेको बताउनुभयो ।
तालिम सञ्चालन गरिदिएकोमा राष्ट्रिय न्यायिक प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै यस अर्थिक वर्षमा थप ३ वटा विषयमा विशिष्टीकरणको तालिम सञ्चालन गरिने समेत उहाँले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका राष्ट्रिय न्यायिक प्रतिष्ठानका माननीय कार्यकारी निर्देशक श्री केशरीराज पण्डितले विशिष्टीकरण सम्बन्धी तालिम नयाँ अनुभव भएको बताउँदै अन्य सेवामा समेत यसलाई कार्यान्वयन गर्न सकिने बताउनुभयो । प्रशिक्षण कार्यक्रमको संयोजन समेत गर्नुभएका नायव महान्यायाधिवक्ता श्री किरण पौडेलले विशिष्टीकरणको नयाँ प्रयासमा सहयोग गरेकोमा राष्ट्रिय न्यायिक प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सहभागीहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी र उपन्यायाधिवक्ता श्री मोना सिंहले तालीम उपलब्धीमूलक र प्रभावकारी रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशक श्रीकृष्ण मुल्मीले गर्नुभएको थियो ।
मिति २०८२।०२।०८ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन नं ४१ को संशोधन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको परिपत्र सम्बन्धमा ।
लेख रचना उपलब्ध गराउने सम्बन्धमा ।
उपभोक्ता अदालत सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयको सूचना (प्रेस विज्ञ्प्ती) ।
वैदशिक अध्ययन छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
South Korea मा Master's Degree अध्ययन/तालिम सम्बन्धमा ।
अभियोजन सहजीकरण समिति गठन समब्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।