2081-9-3
महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका सरकारी वकील कार्यालयको समिष्टगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ मिति २०८१।०९।०३ गते महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू समक्ष पेश गर्नुभयो । उक्त कार्यदलमा नायब महान्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजाल, अनुगमनकर्ता सहित सहन्यायाधिवक्ता श्री शम्भु कार्कीको संयोजकत्वमा उपन्यायाधिवक्ता श्री सबिता शर्मा, उपन्यायाधिवक्ता श्री पुष्पराज बाँस्तोला, उपसचिव श्री रामप्रसाद लम्साल, उपसचिव श्री भविश्वेर पाण्डे र सहायक न्यायाधिवक्ता श्री सुस्मिता पौडेल सहित ७ जनाको कार्यदल गठन भएको थियो ।
यस प्रतिवेदनमा सरकारी वकीलको कार्यसम्पादन, संस्थागत सुदृढिकरण र समष्टिगत व्यवस्थापकीय सुधारको लागि साविकमा भएको प्रयास र कार्यान्वयनको अवस्था, सरकारी वकील तथा महान्यायाधिवक्ताको कार्यालय मातहतमा रहने अन्य कर्मचारीहरुको पारिश्रमिक, सुविधा तथा सेवा सर्त सम्बन्धी ऐन मस्यौदाको लागि मातहत सरकारी वकील कार्यालयहरुबाट प्राप्त सुझावको निष्कर्ष, सरकारी वकील तथा महान्यायाधिवक्ताको कार्यालय मातहतमा रहने अन्य कर्मचारीहरुको पारिश्रमिक, सुविधा तथा सेवा सर्त सम्बन्धी ऐन मस्यौदाको सारांश, कार्यालय निरीक्षण तथा अभियोजन परीक्षणको क्रममा दिइएका निर्देशन, कार्यान्वयन तथा बिश्लेषण, सर्वोच्च अदालतबाट भएका सरकारी वकीलहरुको कार्यसम्पादसँग सम्बन्धित आदेश तथा निर्देशनहरुको विश्लेषण, सरकारी वकील तथा कर्मचारीका लागि क्षमता विकास, समष्टिगत व्यवस्थापकीय सुधारको लागि तत्काल र दिर्घकालीन रुपमा अवलम्वन गर्नुपर्ने उपायहरु, सरकारी वकील तथा महान्यायाधिवक्ताको कार्यालय मातहतमा रहने अन्य कर्मचारीहरुको पारिश्रमिक, सुविधा तथा सेवा सर्त सम्बन्धी विधेयकको मस्यौदा, सरकारी वकील तथा कर्मचारीका लागि क्षमता विकासको पाठ्यक्रम सम्बन्धी जस्ता विभिन्न विषयहरू समेटिएको छ ।
आ.व. २०८१/८२ को सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।
तेस्रो पञ्चवर्षिय रणनितिक योजना -महान्याधिवक्ताको कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३
तेस्रो पञ्चवर्षिय रणनितिक योजना -विशेष सरकारी वकिल कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३
तेस्रो पञ्चवर्षिय रणनितिक योजना -उच्च सरकारी वकिल कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा।
मिति २०८२।०२।०८ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन नं ४१ को संशोधन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको परिपत्र सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।