सचिवालय

महान्यायाधिवक्ताको कार्यालय तथा मातहत कार्यालयको एकीकृत कार्य सञ्चालन कार्यविधि, २०७ ले महान्यायाधिवक्ताको सचिवालयबाट देहाय बमोजिमका कार्यहरू सम्पादन हुने उल्लेख गरेको छः(प्रकरण नं. 7.3०.1-7.3०.1१)

1. महान्यायाधिवक्ता समक्ष अन्तिम निर्णय निकासाका लागि पेश हुने मिसिलहरू अध्ययन गरी महान्यायाधिवक्तालाई जानकारी गराउने,

२. महान्यायाधिवक्ताबाट निकासा भए बमोजिम निर्णय तयार गरी निर्णयको प्रति सहितको मिसिल मुद्दा चलाउने/नचलाउने निर्णयको हकमा मुद्दा तथा रिट शाखामा र पुनरावेदन तथा पुनरावलोकनका हकमा पुनरावेदन शाखामा बुझाउने,

३. संविधान तथा प्रचलित कानून बमोजिम महान्यायधिक्ताको अध्यक्षता वा महान्यायाधिवक्ता सदस्य हुने विभिन्न बोर्ड, समिति लगायतको कार्य सम्बन्धी कार्यक्रम तयार गरी पेश गर्ने,

४. महान्यायधिवक्ताको कार्यसम्पादनमा सहयोग गर्नुका साथै बोर्ड, समितिबाट भए गरेका निर्णय, कार्यको व्यवस्थित रूपमा अभिलेख राखी कार्यान्वयनका लागि पठाउने,

५. विभिन्न व्यक्तित्व वा पदाधिकारीसँग महान्यायाधिवक्ताको भेटघाट, परामर्श, बैठक आदिको कार्यक्रम बनाई आतिथ्यता र कार्यक्रमलाई व्यवस्थित बनाउने,

६. महान्यायाधिवक्ताको कार्यकक्ष सचिवालयको लागि आवश्यक पर्ने सरसामान पुस्तकहरूको जिम्मा, व्यवस्थापन गर्ने,

७. महान्यायाधिवक्ता समक्ष टेलिफोन र विद्युतीय माध्यमबाट प्राप्त उजुरी/गुनासोको टिपोट बनाई, पेश गरी निर्णय बमोजिम कार्यान्वयन गर्ने,

८. प्रशासकीय एवं व्यवस्थापकीय विषयमा महान्यायाधिवक्ताबाट दिइएका आदेश र निर्णयहरूको कार्यान्वयनको लागि सम्बद्ध कार्यालय, विभाग वा महाशाखामा संप्रेषित गरी कार्यान्वयनको अवस्थाबारे जानकारी लिई महान्यायाधिवक्ता समक्ष पेश गर्ने,

९. महान्यायाधिवक्ताबाट सम्पादन भएका काम कारबाहीको विद्युतीय माध्यमबाट समेत अभिलेख राख्ने,

१०. महान्यायाधिवक्ता र कार्यालय तथा जनशक्ति व्यवस्थापन विभागको प्रमुखबाट तोकेका मुद्दा/रिटमा बहस पैरवी तथा प्रतिरक्षा गर्ने,

1१. महान्यायाधिवक्ताबाट तोके बमोजिका अन्य आवश्यक काम गर्ने।