2081-7-29
माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूबाट मिति २०८१।०७।२८ गते सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण गर्नुभयो । सो कार्यक्रममा नायब महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरे समेतको उपस्थिति रहेको थियो । अनुगमनको क्रममा कारागारमा रहेका कैदीबन्दीहरूको समस्याको बारेमा महान्यायाधिवक्ताज्यूबाट समाधानको लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला अदालतमा अत्याधिक कार्यचापको कारण वैतानिक कानून व्यवसायी तोकेको समयमा कारागारमा जान नसकेकोले कैदी बन्दीले आफ्ना समस्या राख्न नपाएकोले जिल्ला कानूनी सहायता समितिको कानून व्यवसायीलाई कारागारमा रहेका कैदी बन्दीको कानूनी समस्या समाधानका लागि प्रयोग गर्नेगरी आवश्यक पहल भएको जानकारी समेत गर्नुभयो । साथै, कारागारमा रहेका कैदीहरूलाई श्रममा लगाउनको लागि प्रधानसेनापतिज्यूसँग फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३१ को कानूनी व्यवस्थाको कार्यान्वयन गर्नको लागि छलफल भईरहेको जानकारी गराउनुभयो ।

मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०५/१८ गतेको परिपत्र सम्बन्धमा ।
सम्मेलनमा सहभागीहरूले पालना गर्नुपर्ने नियमहरू ।
महिला सरकारी वकीलरुको सम्मेलन सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।