2075-4-14
विशेष सरकारी वकील कार्यालय, काठमाडौंको आयोजनामा ” वैंकिङ्ग कसूर मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक दृष्टिकोण” विषयक कार्यशाला २०७५ असार २२गते काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले प्रविधिको प्रयोग गरी हुने वैंकिङ्ग कसूर अपराधले अनुसन्धानमा चुनौति बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर हुने बैंकिङ्ग कसूर मुद्दा जटिल हुने भएकाले प्रभावकारी रूपमा अनुसन्धान र अभियोजन हुनुपर्छ ।” महान्यायाधिवक्ताज्यूले वैंकिङ प्रणालीको नियन्त्रण र नियमन गर्ने निकायले प्रभावकारी रूपमा कार्य गरेमा बैंकिङ्ग कसूर कम हुनेमा जोड दिनुभयो ।
नायव महान्यायाधिवक्ता श्री बद्री प्रसाद गौतमले ठूला बैंकिङ्ग कसूरले मुलुकको अर्थतन्त्रमा नै प्रभाव पार्ने भएकाले वैंकिङ नियमनकारी निकाय, अनुसन्धान, अभियोजन र प्रतिरक्षा गर्ने निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अवैध हुण्डीको कारोबारलार्इ बैंकिङ्ग कसूरको दायरामा ल्याउनुपर्छ ।”
नेपाल राष्ट्र वैंकका का.मु. निर्देशक राजन बिक्रम थापाले वैंकबाट ॠण दिंदा निर्णय गर्ने अख्तियारी पाउने व्यक्ति जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री किशोर सिलवालले “वैंकिङ्ग कसूर मुद्दामा न्यायिक दृष्टिकोण” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक श्री नारायण सिंह थापाले “वैंकिङ्ग कसूर मुद्दाको अनुसन्धानका चुनौतीहरू” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।त्यसैगरी विशेष सरकारी वकील कार्यालयका उपन्यायाधिवक्ता श्री उमाकान्त पौडेलले ×वैंकिङ्ग कसूर मुद्दाको अभियोजनमा सरकारी वकीलको भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यशालामा सहभागीहरूलार्इ स्वागत मन्तब्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विशेष सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री मुरारीप्रसाद पौडेलले वैंकिङ्ग कसूर मुद्दाको प्रभावकारी अनुसन्धान, अभियोजन, प्रतिरक्षामा देखिएका कमी कमजोरीहरूलार्इ औल्याएर समाधानका उपायहरूबारे छलफल गर्न र सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका लागि कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभएको थियो । कार्यशालामा महान्यायाधिवक्ताको कार्यालय र मातहत सरकारी वकील कार्यालयका सरकारी वकील र कर्मचारीहरू, नेपाल प्रहरीका प्रहरी अधिकृतहरू, उच्च अदालत पाटनमा कार्यरत र्इजलाश अधिकृतहरू र नेपाल राष्ट्र वैंकका अधिकृतहरूको सहभागिता रहेको थियो ।
महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री बद्री प्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सञ्चालन उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्रीले गर्नुभएको थियो ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्ति सम्बन्धमा।
निर्देशन सम्बन्धमा।
सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० ।
उमेर पुगेकी महिलाले नाबालकसँग सहमतिमा यौनसम्बन्ध कायम गरेमा नाबालक कसुरदार नभई महिला कसुरदार हुने भन्ने निर्णय ।
विवरण पठाउने सम्बन्धमा
करार सेवा सम्बन्धी परिपत्र
माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको पद बहाली पछि १०० दिनमा भएका कार्यहरु र भावी कार्यदिशा
सिफारिस सम्बन्धमा।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धमा
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धमा
सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।
बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।
काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
कोशी प्रदेशको विराटनगरमा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारीबीच अन्तरक्रिया कार्यक्रम ।
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरीबीच अन्तरक्रिया कार्यक्रम ।
गण्डकी प्रदेशको कास्की जिल्लामा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।
महान्यायाधिवक्ताज्यूको १०० दिनको कार्य सम्पादन र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम ।
लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।