2075-4-14
विशेष सरकारी वकील कार्यालय, काठमाडौंको आयोजनामा ” वैंकिङ्ग कसूर मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक दृष्टिकोण” विषयक कार्यशाला २०७५ असार २२गते काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले प्रविधिको प्रयोग गरी हुने वैंकिङ्ग कसूर अपराधले अनुसन्धानमा चुनौति बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर हुने बैंकिङ्ग कसूर मुद्दा जटिल हुने भएकाले प्रभावकारी रूपमा अनुसन्धान र अभियोजन हुनुपर्छ ।” महान्यायाधिवक्ताज्यूले वैंकिङ प्रणालीको नियन्त्रण र नियमन गर्ने निकायले प्रभावकारी रूपमा कार्य गरेमा बैंकिङ्ग कसूर कम हुनेमा जोड दिनुभयो ।
नायव महान्यायाधिवक्ता श्री बद्री प्रसाद गौतमले ठूला बैंकिङ्ग कसूरले मुलुकको अर्थतन्त्रमा नै प्रभाव पार्ने भएकाले वैंकिङ नियमनकारी निकाय, अनुसन्धान, अभियोजन र प्रतिरक्षा गर्ने निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अवैध हुण्डीको कारोबारलार्इ बैंकिङ्ग कसूरको दायरामा ल्याउनुपर्छ ।”
नेपाल राष्ट्र वैंकका का.मु. निर्देशक राजन बिक्रम थापाले वैंकबाट ॠण दिंदा निर्णय गर्ने अख्तियारी पाउने व्यक्ति जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री किशोर सिलवालले “वैंकिङ्ग कसूर मुद्दामा न्यायिक दृष्टिकोण” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक श्री नारायण सिंह थापाले “वैंकिङ्ग कसूर मुद्दाको अनुसन्धानका चुनौतीहरू” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।त्यसैगरी विशेष सरकारी वकील कार्यालयका उपन्यायाधिवक्ता श्री उमाकान्त पौडेलले ×वैंकिङ्ग कसूर मुद्दाको अभियोजनमा सरकारी वकीलको भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यशालामा सहभागीहरूलार्इ स्वागत मन्तब्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विशेष सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री मुरारीप्रसाद पौडेलले वैंकिङ्ग कसूर मुद्दाको प्रभावकारी अनुसन्धान, अभियोजन, प्रतिरक्षामा देखिएका कमी कमजोरीहरूलार्इ औल्याएर समाधानका उपायहरूबारे छलफल गर्न र सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका लागि कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभएको थियो । कार्यशालामा महान्यायाधिवक्ताको कार्यालय र मातहत सरकारी वकील कार्यालयका सरकारी वकील र कर्मचारीहरू, नेपाल प्रहरीका प्रहरी अधिकृतहरू, उच्च अदालत पाटनमा कार्यरत र्इजलाश अधिकृतहरू र नेपाल राष्ट्र वैंकका अधिकृतहरूको सहभागिता रहेको थियो ।
महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री बद्री प्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सञ्चालन उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्रीले गर्नुभएको थियो ।
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
मिति २०८३।०२।२३ र २४ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
मिति २०८३।०२।१६ र १७ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
मिति २०८३।०२।१६ र १७ गते लुम्बिनी प्रदेशको बुटबलमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
मिति २०८३।०१।२५ गतेको काज सरूवा सम्बन्धमा ।
China/MOFCOM Scholarship मा मनोनयन गर्ने सम्बन्धमा ।
मिति २०८३।०१।११ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८३।०१।०३ गतेको निर्णयानुसार भएको काज सम्बन्धमा ।
मिति २०८२।१२।३० गते सर्वोच्च अदालतबाट जारी भएको परिपत्र ।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।