2080-2-31
मिति २०८०।०२।२९ गते बागमती प्रदेशको काठमाडौंमा लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। अन्तरक्रियाको अध्यक्षता महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाले गर्नु भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको उपस्थिति थियो। विशेष अतिथिको रुपमा श्री नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, श्री सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री लालबहादुर कुँवर, उच्च अदालत, पाटनका माननीय कायम मुकायम मुख्य न्यायाधीश श्री महेश प्रसाद पुडासैनी, महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ताहरु डा. टेकबहादुर घिमिरे र श्री गोपालप्रसाद रिजाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री वसन्त बहादुर कुँवर र बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता श्री ज्ञानेन्द्र नेपालको उपस्थिति थियो। माननीय महान्यायाधिवक्ताज्यूबाट दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भए पश्चात् महान्यायाधिवक्ताको कार्यालयका सहन्यायधिवक्ता श्री खेमराज ज्ञवालीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो। सो पश्चात अनुसन्धानकर्ताको तर्फबाट जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्री दान बहादुर कार्कीले, अभियोजनकर्ताको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय ललितपुरका जिल्ला न्यायाधिवक्ता श्री सुशिला ज्ञवालीले, न्याय सम्पादनकर्ताको तर्फबाट काठमाडौं जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री राजु कामर खतिवडाले तथा महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट सहन्यायाधिवक्ता श्री सूर्यराज दाहालले गर्नुभएको प्रस्तुतीकरणमा विरष्ठतम नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला, सहन्यायाधिवक्ता श्री लोकराज पराजुली, नायब महान्यायाधिवक्ता श्री डा. टेक बहादुर घिमिरे र नायब महान्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले टिप्पणीकर्ताको भूमीका निर्वाह गर्नुभएको थियो। कार्यपत्रहरुको प्रस्तुतीकरण पश्चात सहभागीहरुलाई तीन समूहमा विभाजन गरी कार्यपत्र उपर छलफल गरी हरेक समूहबाट संक्षिप्त प्रस्तुती भएको थियो र सो छलफलको सहजीकरण माननीय महान्यायाधिवक्ताले गर्नुभएको थियो। माननीय महान्यायाधिवक्ता श्री दिनमणी पोखरेलको संक्षिप्त मन्तव्य पश्चचात अन्त्यमा वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाबाट कार्यक्रमको समापन भएको थियो।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०५/१८ गतेको परिपत्र सम्बन्धमा ।
सम्मेलनमा सहभागीहरूले पालना गर्नुपर्ने नियमहरू ।
महिला सरकारी वकीलरुको सम्मेलन सम्बन्धमा ।
सेवा प्रवेश तालिम संचालन सम्बन्धमा ।
महिला सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन - मनोनयन सम्बन्धमा ।
सूचना प्रचार प्रसार सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२/०५/०८ गतेको निर्णयानुसार भएको काज सरूवा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।