2077-12-28
मुख्य न्यायाधिवक्ताको काम, कारवाही एवम् महान्यायाधिवक्ताको कार्यालयसंँगको अन्तरसम्बन्ध विषयक तेस्रो राष्ट्रिय कार्यशाला मिति २०७७|१२|२७ गते काठमाडौंमा सम्पन्न भएको छ ।
माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयले गर्नुभएको थियो।नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाले कार्यशालाको उद्देश्य माथि प्रकाश पार्दै अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यशालामा मुख्य न्यायाधिवक्ताको कार्य सम्पादनको अवस्था विषयमा १ नं.प्रदेशका मुख्य न्यायाधिवक्ता श्री चुडामणि आचार्य र महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमाका विषयमा सहन्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत कार्यपत्र उपर तथा मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यसम्पादनका क्रममा आइपरेका विविध विषयका सन्दर्भमा मुख्य न्यायाधिवक्ताहरु श्री दिपेन्द्र झा, श्री ओम प्रसाद थपलीया, डा श्री राजेन्द्र घिमिरे ,श्री ठाकुर प्रसाद डि सी, श्री मातृका खनालले आफ्नो विचार राख्नुभएको थियो ।
उक्त कार्यशालामा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ताज्यूहरु, सातै प्रदेशका मुख्य न्यायाधिवक्ताज्यूहरु सहन्यायाधिवक्ताज्यूहरु, उपन्यायाधिवक्ता तथा अन्य सरकारी वकील एवम् कर्मचारीहरु समेत ४० जनाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले गर्नुभएको थियो ।
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
मिति २०८३।०२।२३ र २४ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।