एसिड आक्रमण पीडित मुस्कान खातुनलाई गरेबापत United States Department of State ले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (International Women of Courage Award, 2021 - IWOC) प्रदान गरिने घोषणा गरिएको छ

samachar

2077-11-22

 

एसिड आक्रमण अन्त्यका निम्ति निरन्तर कार्य गरेबापत United States Department of State द्वारा प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (International Women of Courage Award, 2021 - IWOC) एसिड आक्रमण पीडित मुस्कान खातुनलाई प्रदान गरिने घोषणा गरिएको छ । यस अवसरमा महान्यायाधिवक्ताको कार्यालय परिवार उहाँलाई हार्दिक बधाइ एवं शुभकामना व्यक्त गर्दछ ।

 

उक्त पुरस्कार १११ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ मा एक समारोहका बिच अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले प्रदान गर्नुहुने कार्यक्रम रहेको छ । IWOC पुरस्कार शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गरिदैं आएको छ र यो पुरस्कार प्रथम पटक एसिड आक्रमण पीडित मुस्कान खातुनले प्राप्त गर्नुभएको छ ।

 

मिति २०७७ भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूले आफ्नै पहलमा एसिड आक्रमणबाट पीडित मुस्कान खातुन र रामराजा थापा, यस विषयका अभियन्या उज्वल विक्रम थापा एवं सञ्चारकर्मी सूरज सिंह ठकुरीसँग महान्यायाधिवक्ताको कार्यालयमा भेटघाट तथा छलफल गर्नुभएको थियो । सो भेटघाटका क्रममा उहाँहरुले सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्ने इच्छा व्यक्त गरेबमोजिम माननीय महान्यायाधिवक्ताज्यूको पहलमा सबै एसिड आक्रमणबाट पीडितहरुले मिति २०७७ भदौ २५ गते सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसँग भेट गर्नुभएको थियो । भेटका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले भदौ २५ लाई एसिड आक्रमण विरुद्दको जागरण अभियान दिवसका रूपमा मनाउने घोषणा समेत गर्नुभएको थियो ।

 

यसअघि माननीय महान्यायाधिवक्ताज्यूको अध्यक्षतामा मिति २०७७ श्रावण १८ गते बसेको समन्वय समितिको बैठकबाट एसिड तथा यस्तै प्रकारका अन्य रासायनिक पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा ओसारपसार, निर्यात, संचय, नष्ट गर्ने तथा त्यसको अनुगमन तथा नियमनका विषयमा आवश्यक पर्ने कानूनी तथा संस्थागत संरचना निर्माण गर्ने बारेमा अध्ययन गरी एकमहिना भित्र सुझाव सहितको प्रतिवेदन समन्वय समिति समक्ष पेश गर्न नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले मिति २०७७ भदौ ३१ गते समन्वय समिति समक्ष सो सम्बन्धी प्रतिवेदन पेश गरेपश्चात प्राप्त प्रतिवेदन नेपाल सरकार समक्ष बुझाइएको थियो । उक्त प्रतिवेदनका सुझाव समेतलाई मध्यनजर गरी नेपाल सरकारले २०७७ असोज महिनामा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ जारी गर्नुका साथै मुलुकी अपराध संहितामा समेत संशोधन गरिएको थियो ।

 

हाल एसिड आक्रमणबाट पीडित भएका रामराजा थापालाई महान्यायाधिवक्ताको कार्यालयले रोजगारी समेत प्रदान गरेको छ ।

 

-----------------------------------

[ENGLISH]

 

Heartfelt Congratulation and Best Wishes!

United States Department of State will be awarding the prestigious International Women of Courage (IWOC) Award, 2021 to Ms. Muskan Khatun for her work to end the acid attacks. On this occasion, the Office of the Attorney General, Nepal would like to congratulate and extend its best wishes to Ms. Khatun.

She will be receiving her award from the First Lady Dr. Jill Biden and Secretary of State Mr. Tony Blinken in a ceremony, scheduled to be held on March 8, 2021, marking the 111th International Women’s Day. IWOC Award recognizes women around the globe who have demonstrated exceptional courage and leadership in advocating for peace, justice, human rights, gender equality, and women’s empowerment. Ms. Khatun is the first acid attack victim who will be receiving this award.

On August 31, 2020, Hon'ble Attorney General Mr. Agni Prasad Kharel in his initiatives had met and discussed with acid attack victims Ms. Muskan Khatun and Mr. Ram Raja Thapa, in the presence of Activist Mr. Ujjwal Bikram Thapa and Media Person Mr. Suraj Singh Thakuri at his Office. During the meeting, acid attack victims expressed their desire to meet the Rt. Hon. Prime Minister. Upon their request, Hon. Attorney General took the initiative to arrange a meet between the acid attack victims and Rt. Hon. Prime Minister Mr. K.P. Sharma Oli. During the meeting, the Hon'ble Prime Minister announced to celebrate September 10 as the Awareness Campaign Day against Acid Attack.

On August 2, 2020, a meeting of the Coordination Committee, chaired by the Hon'ble Attorney General, formed a committee under the leadership of Deputy Attorney General Mr. Bishwo Raj Koirala, which was mandated to study and submit a report with recommendations within a month in regard to the import, production, sale, distribution and transportation, export, storage, destruction and necessary arrangements for the legal and institutional framework in order to monitor and regulate the acid and other hazardous chemicals. The report was submitted to the Government of Nepal after the committee submitted its report to the Coordination Committee on September 16, 2020. Considering the recommendations of the report, the Government of Nepal issued the Acid and Other Hazardous Chemicals (Regulation) Ordinance, 2020 in September 2020, and also amended the Criminal Code accordingly.

Office of the Attorney General, Nepal has provided an employment opportunity to acid attack victim Mr. Ram Raja Thapa.


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ।


सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नुपर्नै मापदण्ड तथा शर्तहरु, २०८०


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्र्तिमा मनोनयन गर्ने सम्वन्धमा


सेवा विस्तारको जानकारी सम्बन्धमा ।


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्त्तिमा मनोनयन गर्ने सम्बन्धमा


सरकारी वकीललाई छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनको निम्ति Scholarship Profile सम्बन्धमा ।


पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन सम्बन्धमा ।


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।