कानूनका प्राध्यापकसँग अभियोजन नीति तथा मार्गदर्शन विषयमा छलफल कार्यक्रम २०७७ पुष २७ गते सम्पन्न ।

samachar

2077-9-27

महान्यायाधिवक्ताको कार्यालय, नेपालको आयोजनामा २०७७ पुस २७ गते महान्यायाधिवक्ताको कार्यालयमा कानूनका प्राध्यापकहरूसँग अभियोजन नीति तथा मार्गदर्शन २०७७ को मस्यौदा उपर छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कार्यालयका सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीज्यूले महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शनको मस्यौदामा समेटिएका विषयहरूमा प्रस्तुती गर्नुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता श्री नारायणप्रसाद पौडेलज्यूले छलफलमा प्राप्त सुझावहरू महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शनको अन्तिम रूप दिंदा समावेश गरिने बताउनुभयो ।

नेपाल ल क्याम्पसका सह प्राध्यापक विजयप्रसाद मिश्रले प्रतिवादी अनुसन्धानको चरणमा हिरासतमा रहेको अवस्थामा सरोकारवालाले मुद्दाको जानकारी पाउन सम्पर्क अधिकृत सम्बन्धी व्यवस्था प्रस्तावित अभियोजन नीति र मार्गदर्शनमा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, "सरकारी वकीलले वस्तुगत प्रमाणको आधारमा गरेको अभियोजन अभियोग पत्रमा प्रतिबिम्बित हुनुपर्छ ।"

नेपाल ल क्याम्पसका सह प्राध्यापक मुकुन्द शर्मा पौडेलले पारस्परिक कानूनी सम्झौता नभएका देशहरूसँग अनुसन्धानको चरणमा प्रमाण संकलनका लागि प्रहरीले पत्राचार गरेपनि अदालतमा मुद्दा बुझाए पश्चात पनि जवाफ नआएको अवस्थामा अदालतले थुनामा राख्ने आदेशलाई निरन्तरता दिने हुनाले पारस्परिक कानूनी सम्झौता नभएका देशहरूबाट जवाफ नआउँदा के गर्ने भन्ने सम्बन्धमा न्याय सम्पादन गर्ने सरोकारवाला निकायहरू बीच स्पष्ट दृष्टिकोण हुनुपर्ने   बताउनुभयो ।

उहाँले सरकारवादी देवानी मुद्दाको विषयमा समेत अभियोजन नीति र मार्गदर्शनमा समेटनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल ल क्याम्पसका उपप्राध्यापक विष्णुमाया भुसालले महिला हिंसाका पीडितहरूले मुद्दाको प्रकृया बारे जानकारी पाउने व्यवस्थाका साथै पीडितहरूले मुद्दाको सन्दर्भमा सरकारी वकीलसँग अपनत्व हुने क्रियाकलापहरू बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ल क्याम्पसका उपप्राध्यापक डा. वलरामप्रसाद राउतले अभियुक्तले अनुसन्धानको चरणमा कसूर स्विकार गरेमा सजायको सौदाबाजी सम्बन्धी कानूनी व्यवस्थाको कार्यान्वयनमा सरकारी वकीलको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

नेपाल ल क्याम्पसका उपप्राध्यापक डा रमेश पराजुलीले कार्यान्वयनमा रहेका कतिपय कानूनहरूमा रहेका त्रुटिहरू संसोधन गरी प्रभावकारी अभियोजनका लागि सरकारलाई प्रमुख कानूनी सल्लाहकारको रूपमा महान्यायाधिवक्ताज्यूबाट सुझाव प्रदान गर्नुपर्ने बताउनुभयो ।

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।