माननीय महान्यायाधिवक्ताज्यूसँग यूनिसेफ नेपालका राष्ट्रिय प्रतिनिधिको शिष्टाचार बैठक सम्पन्न ।

samachar

2077-7-21

आज मिति २०७७ साल कार्तिक २१ गते बिहान ११ बजे महान्यायाधिक्ताको कार्यालय र यूनिसेफ नेपालका बिचमा बाल न्याय प्रणालीका सम्बन्धमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयबाट माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यू, सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई, सहन्यायाधिवक्ता श्री लोकराज पराजुली र सहायक न्यायाधिवक्ता श्री शिव वाग्ले तथा यूनिसेफ नेपालको तर्फबाट यूनिसेफ नेपालका राष्ट्रिय प्रतिनिधि  Elke Wisch ,बाल संरक्षण प्रमुख Inah Kaloga, बाल संरक्षण विशेषज्ञ राधा गुरुङ्ग बाल संरक्षण अधिकृत राजन बुर्लाकोटी को उपस्थिति रहेको थियो ।

त्यसक्रममा माननीय महान्यायाधिवक्ताज्यूले विगत १० वर्ष देखि सरकारी वकील कार्यालको संस्थागत विकासमा यूनिसेफले पुर्याइ आएको सहयोगका लागि धन्यवाद प्रकट गर्दै खासगरी बालन्याय सम्बन्धी तालिम कार्यक्रम र पीडितमैत्री कक्षको व्यवस्थापनमा पुर्याएको सहयोगले सकारात्मक प्रभाव पारेको सम्बन्धमा उल्लेख गर्दै नवनिर्मित २५ वटा सरकारी वकील कार्यालयका भवनमा पीडित मैत्री कक्ष व्यवस्थित गर्नका लागि पारस्परिक सहयोगको अपेक्षा राख्नुभएको थियो ।

उहाँले महान्यायाधिवक्ताको कार्यालयको अग्रसरतामा कोभिड १९ को सन्दर्भमा बालबालिकालाई दिशान्तर गर्न र अभिभावकको जिम्मा लगाउन महान्यायाधिवक्ताको कार्यालयले सहजीकरण गरेको र आगामी दिनमा बालबालिका सम्बन्धी ऐन,२०७५ ले निर्धारण गरेको दिशान्तरको अभ्यासलाई कार्यान्वयनमा ल्याउन थप प्रयास गरिने कुरामा जोड दिनुभएको थियो ।

यस्तै उहाँले नेपालमा रहेका ८ वटा बाल सुधार गृहमा यूनिसेफ नेपालले पुस्तक उपलब्ध गराइदिएकोमा आभार प्रकट गर्दै बाल सुधार गृहको प्रशासन एवम् सो गृहमा रहेका बालबालिकाहरु एवम् जिल्लास्तरका पदाधिकारीहरुबाट उत्साहजनक पृष्ठपोषण प्राप्त भएको हुँदा यस वर्षपनि कम्तीमा १५ वटा कारागारमा पुस्तकालय स्थापना तथा पहिलो चरणमा ठूला २० वटा कारागारालाई लक्षित गरी ती कारागारहरुमा रहेका आश्रित बालबालिकाका लागि शैक्षिक/ मनोरञ्जनात्मक सामग्री प्रदान गर्न सहयोगका लागि समेत आग्रह गर्नुभएको थियो ।

उहाँले जबरजस्ती करणी विरुद्धमा बनेका कानूनको बारेमा ६ वटा भाषामा रेडियो मार्फत सर्वसाधारणका लागि जानकारी प्रवाह गरेकोमा यूनिसेफ नेपाललाई धन्यवाद दिंदै यस प्रकारका जानकारीहरु बालबालिका विरुद्ध हुने कसूर र मानव बेचबिखनका बारेमा पनि प्रशारण गर्ने वातावरण मिलाउनु उपयुक्त हुने कुरामा जोड दिनुभएको थियो । छलफलका क्रममा उहाँले नेपाल सरकारको व्यवस्थापन रहेका वीरगञ्ज, हेटौंडा, भैरहवा र डोरीस्थित बाल सुधार गृहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक राख्न सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

यूनिसेफ नेपालका राष्ट्रिय प्रतिनिधि Elke Wisch ले महान्यायाधिवक्ताको कार्यालय नेपाल र यूनिसेफ नेपालबीच विगत वर्षदेखि नै बाल न्यायका सम्बन्धमा कार्यगत एकता हुँदै आइरहेको र सो क्रमलाई निरन्तरता दिनका लागि आग्रह गर्नुभएको थियो । यस्तै उहाँले बाल सुधार गृहहरुमा रहेका विभिन्न विषयहरुका समबन्धमा यूनिसेफ नेपाल र महान्यायाधिवक्ताको कार्यालयको संयुक्त टोलीले विभिन्न बाल सुधार गृहहरुको अवलोकन तथा अनुगमन गर्नका लागि आग्रह गर्नुभएको  थियो । यस्तै उहाँले यूनिसेफ नेपालसँग हालको विषम परिस्थितिमा बजेटको अभाव समेत रहेकोतर्फ इङ्गित गर्दै बालसुधार गृहहरुमा शिक्षक राख्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग समेत आवश्यक छलफल गरी निचोडमा पुग्ने कुरा राख्नुभएको थियो।उहाँले सो समबन्धमा विभिन्न नगरपालिका एवम् गाउँपालिकाका पदाधिकारीहरुसँग पनि आफूहरुले सम्बाद गर्ने जानकारी दिंदै माननीय महान्यायाधिवक्ताज्यू र उहाँको टिमप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मिति २०८१।०७।०६ गतेको निर्देशन सम्बन्धमा ।


बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को मस्यौदा ।


बिगो तथा अन्तरिम क्षतिपूर्ति र क्षतिपूर्तिको दाबी लिने मापदण्ड सहितको निर्देशिका तयार गर्ने सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ कार्यकारी सारांश


नेपाल राजपत्र- नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७४) काठमाडौ, कार्तिक १ गते,२०८१ साल (संख्या ३२) भाग ४ महान्यायाधिवक्ताको कार्यलयको सुचना


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


निर्देशन सम्बन्धमा ।


अधिकार प्रत्यायोजन भए बमोजिम गर्ने/गराउने सम्बन्धमा ।


मिति २०८१।०६।०८ गतेको निर्णयानुसार काज तथा सरूवा सम्बन्धमा ।


मिति २०८१।०४।२२ गतेको निर्णयानुसार राजपत्र अनंकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।


समाचार

फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।


महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।


माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven को सिस्टाचार भेटबार्ता


नवनियुक्त माननीय महान्यायाधिवक्ताको पदबहाली ।


नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।