2077-6-4
मिति २०७७ साल असोज ३ गते शनिबार संविधान दिवसको अवसरमा माननीय महान्यायाधिवक्ताज्यूबाट संवोधन एवम् महान्यायाधिवक्ताको कार्यालयबाट प्रकाशित संवैधानिक कानून स्रोत सामाग्रीसहित विभिन्न १३ वटा पुस्तकहरु सार्वजनिक गरिएको छ ।
कार्यक्रमका प्रमुख आतिथ्य माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूबाट भएको थियो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री नृपध्वज निरौलाज्यू, र नेपाल बार एशोसियसनका अध्यक्ष श्री चण्डेश्वर श्रेष्ठज्यू कार्यक्रमको विशेष आतिथि हुनुहुन्थ्यो। यसैगरी, समारोहमा नेपाल सरकारका सचिवज्यूहरु, नायब महान्यायाधिवक्ताज्यूहरु, उच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, मुख्य न्यायाधिवक्ताज्यूहरु, प्रहरी अतिरिक्त महानिरीक्षकज्यू, कानून संकायका डीन तथा क्याम्पस प्रमुखज्यूहरु र प्राध्यापकज्यूहरु, आमन्त्रित अतिथिज्यूहरु, सरकारी वकीलज्यूहरु, पत्रकारज्यूहरु र सरकारी वकील कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाज्यूले समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा माननीय महान्यायाधिवक्ताज्यूबाट महान्यायाधिवक्ताको कार्यालयबाट प्रिन्ट तथा अनलाईन संस्करण मार्फत प्रकाशित निम्न १३ वटा पुस्तकहरुको विमोचन गर्नुभएको थियोः
• पुनरावेदन र मुद्दा दोहोर्याउने निवेदन सम्बन्धी नजीर संग्रह (अनलाइन संस्करण)
• सेवा कानून सम्बन्धी कार्यपत्रहरुको संगालो भाग १ (अनलाइन संस्करण)
• प्रमाण कानून सम्बन्धी नजीर संग्रह (अनलाइन संस्करण)
• ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादित प्रतिनिधि नजीरहरुको सारसंक्षेप (अनलाइन संस्करण)
• सेवा कानून सम्बन्धी नजीरहरुको पूर्ण पाठ संग्रह (अनलाइन संस्करण)
• अभियोजन जर्नल (अनलाइन संस्करण)
• प्रमाण कानून सम्बन्धी स्रोत सामग्री (अनलाइन संस्करण)
• सरकारी वकील विशिष्टिकरण सम्बन्धी प्रशिक्षणको पाठ्यक्रम संग्रह अंग्रेजीमा
• सेवा कानून सम्बन्धी नजीरहरुको सार संक्षेप
• भूमि सम्बन्धी कानूनी स्रोत सामग्री
• मानव मर्यादा संरक्षण सम्बन्धी कानूनी व्यवस्था र न्यायिक दृष्टिकोण
• संवैधानिक कानून स्रोत सामग्री दोश्रो संस्करण
• करणी सम्बन्धी सर्वोच्च अदालतबाट भएका फैसलाको अध्ययन
समारोहमा उक्त पुस्तकहरु बारे सम्बन्धित सरकारी वकिलहरुले प्रकाश पार्नुभएको थियो ।
समारोहमा यूएनडिपी नेपालका पोर्टफोलियो म्यानेजर श्री टेक टमाटाज्यू, प्रहरी अतिरिक्त महानिरीक्षक श्री हरि बहादुर पालज्यू, काठमाडौं विश्वविद्यालय स्कुल अफ लका डीन डा. श्री ऋषिकेश वाग्लेज्यू, प्रदेश नं ५ का मुख्य न्यायधिवक्ता ठाकुर प्रसाद डि.सीज्यू, उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री टेकप्रसाद ढुंगानाज्यू, नेपाल बार एशोसियसनका अध्यक्ष श्री चण्डेश्वर श्रेष्ठज्यू, तथा सर्वोँच्च अदालतका मुख्य रजिष्ट्रारज्यू श्री नृपध्वज निरौलाले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समारोहका प्रमुख अतिथि नेपाल राज्यका माननीय महान्यायाधिवक्ता श्रीमान अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयले चालु आ.व. २०७७/७८ लाई अभियोजन सुधार बर्षको रुपमा मनाउने घोषणा गरेको कुरा जानकारी गराउदै सो अनुसार सरकारी वकीलहरुको कार्यसम्पादनमा सुधार ल्याउनका लागि व्यावसायिक क्षमता विकासका लागि क्रियाशील हुन आग्रह गर्नुभयो । संक्रमनले नकरात्मक प्रभाव पारेको अवस्थामा पनि महान्यायाधिवक्ता कार्यालयले सरकारी वकीलको कार्यसम्पादन र व्यावसायिकता विकासमा निरन्तर प्रयास गरिरहेको बताउनु भयो ।
संविधान निर्माणको पृष्ठभूमिलाई स्मरण गर्दै माननीय महान्यायाधिवक्ताज्यूले नेपाल अधिराज्यको संविधान, २०४७ देखि वर्तमान संविधान निर्माणसम्म आफ्नो संलग्नता रहेको अनुभव समेत प्रस्तुत गर्नु भएको थियो । यो संविधान निर्माणको दृष्टिले अन्तिम संविधान रहेको उहाँको धारणा थियो । संविधानलाई जीवन्त बनाउन आवश्यकता अनुसार संशोधन गर्दै लैजानुपर्ने तर पुनरावोलकन गर्नुपर्ने आवश्यकता नरहेको उहाँको टिप्पणी थियो । कुनैपनि सर्तमा संविधानको सर्वोच्चता कायम हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
कार्यक्रमका सबै वक्ताहरुले संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा यो दुई महिनामा उल्लेखनिय कार्यक्रमहरु सम्पन्न भएको छन् । २०७७ साल भदौ ७ गते ११ वटा सरकारी वकील कार्यालयका नवनिर्मित भवनहरु माननीय महान्यायाधिवक्ताज्यूले अनलाइनबाट समुदघाटन गर्नु भएको थियो । उहाँले आज अनलाइनबाटै विभिन्न १३ वटा पुस्तकहरु सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा २५२ जनाको सहभागिता रहेको थियो । समारोहको अध्यक्षता महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री पद्मप्रसाद पाण्डेयज्यूले गर्नुभएको थियो । कार्यक्रमको संचालन सहायक न्यायाधिवक्ता श्री शिव वाग्ले गर्नु भएको थियो ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०५/१८ गतेको परिपत्र सम्बन्धमा ।
सम्मेलनमा सहभागीहरूले पालना गर्नुपर्ने नियमहरू ।
महिला सरकारी वकीलरुको सम्मेलन सम्बन्धमा ।
सेवा प्रवेश तालिम संचालन सम्बन्धमा ।
महिला सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन - मनोनयन सम्बन्धमा ।
सूचना प्रचार प्रसार सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२/०५/०८ गतेको निर्णयानुसार भएको काज सरूवा ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को कार्यान्वयन तथा अनुसन्धान अभियोजन सम्बन्धमा ।.PDF
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।