सरकारी वकील तथा कर्मचारीहरूका लागि अङ्ग्रेजी भाषाको प्रशिक्षण ।

samachar

2075-9-17

महान्यायाधिवक्ताको कार्यालयको आयोजना तथा NEPAL ENGLISH LANGUAGE TEACHERS’ ASSOCIATION (NELTA) को सहकार्यमा सरकारी वकील तथा कर्मचारीहरूका लागि अंग्रेजी भाषासम्बन्धी आधारभूत प्रशिक्षण २०७५ पौष १६ गते सोमबारदेखि सुरू भएको छ ।

प्रशिक्षण कार्यक्रमको नायब महान्यायाधिवक्ता श्री खगराज पौडेलज्यूले उद्‍घाटन गर्नुभयो । उद्‍घाटन मन्तव्य व्यक्त गर्दै नायब महान्यायाधिवक्ता पौडेलले यस अघि कानूनी विषयवस्तुमा प्रशिक्षण तथा तालिम प्रदान गरिदै आएकोमा सरकारी वकील तथा कर्मचारीहरूको व्यक्तित्व विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

NELTA का अध्यक्ष मोतिकला सुब्बा देवानले महान्यायाधिवक्ताको कार्यालयसँग सहकार्यको सुरूवात भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । जम्मा २५ सरकारी वकील तथा कर्मचारीहरूको सहभागिता रहेको १२ कार्यदिनको प्रशिक्षण कार्यक्रम पौष २९ गतेसम्म सञ्चालन हुनेछ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।