2075-9-9
नेपालका सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन, २०७५ को आज मिति २०७५ साल पौष ८ गते एक समारोहका वीच कार्यक्रमका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूले उद्घाटन सम्बोधन गर्नुहुदै सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नु भयो । उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा ओलीज्यू, सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यू, सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूको समेत समुपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले महान्यायाधिवक्ता तथा सरकारी वकीलको संस्थागत विकासका लागि नेपाल सरकारले आवश्यक र उचित सहयोग गर्ने बताउनु भयो । उँहाले ईमान्दारीता तथा व्यावसायिक निष्ठाका साथ काम गर्नुपर्ने र कानूनको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दिशामा सरकारी वकील अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभयो ।
यसै गरी सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रले शुभकामना मन्तव्य दिनुहुदै सरकारी वकीलको व्यवसायिकता र संस्थागत विकासमा वर्तमान समयसम्म आईपुग्दा आशातित सुधार र उत्साहजनक अवस्था देखिएको र संविधान र कानूनको विकास क्रमसँगै सरकारी वकीलको भूमिकामा भएको परिवर्तन, बढ्दो जिम्मेवारी तथा व्यावसायिक कार्य सम्पादनको अभ्यास सँगै सरकारी वकील प्रति संविधान र कानूनले अधिक अपेक्षा राखेको कुरा बताउनु भयो ।
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनले मन्तव्य दिनुहुदै सरकारी वकीलले वस्तुनिष्ट र वैज्ञानिक प्रमाणमा आधारित भएर अभियोजन गर्नुपर्ने र अभियोजन प्रमाणित हुनुपर्ने बताउनु भयो । कसैलाई पनि दुख दिने उद्धेश्यले अभियोजन गर्न नहुने उहाँले बताउनु भयो । उद्घाटन समारोहको सभापतित्व माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले गर्नुभएको थियो । उद्घाटन समारोहमा माननीय गृह मन्त्री राम बहादुर थापा, माननीय परराष्ट मन्त्री श्री प्रदिप ज्ञवाली, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री भानुभक्त ढकालको समेत उपस्थिति रहेको थियो । समारोहमा सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, न्याय परिषदका माननीय सदस्यहरु, संबैधानिक निकायका प्रमुखज्यूहरु, पूर्व महान्यायाधिवक्ताज्यूहरु, नेपाल वार एशोसियसनका अध्यक्ष, उच्च तथ जिल्ला अदालतका माननीय न्यायाधीशज्यूहरु, विदेशी कुटनीतिक नियोगका प्रमुखहरु, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरु, प्रहरी महानिरीक्षक, नेपाल न्याय सेवाका प्रथम श्रेणीका अधिकृतहरु, पत्रकार तथा संचारकर्मीहरु, साझेदार निकायका प्रतिनिधिहरु, सहभागी सरकरी वकीलहरु तथा पर्यबेक्षकहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने सरकारी वकीललाई बर्ष सरकारी वकील (Attorney of the Year) को पुरस्कार प्रदान गरियो । सम्माननीय राष्टपतिज्यूबाट उक्त पुरस्कार प्राप्त गर्नु हुने नायव महान्यायाधिवक्ता श्री किरण पौडेललाई प्रमाणपत्र, नगद पुरस्कार तथा मेडल प्रदान गर्नु भयो ।
महान्यायाधिवक्ताको स्थापना भएको ऐतिहासिक दिनका अवसरमा सम्मेलन आयोजना भएको हो । पौष १० गतेसम्म संचालन हुने सम्म्मेलनमा नेपालका ३७९ जना सरकारी वकीलहरुको सहभागिता रहेको छ भने पर्यबेक्षकको रुपमा न्यायपलिका, नेपाल प्रहरी, नेपाल बार, नेपाल सरकारका सम्बद मन्त्रालय, विभाग, मुख्य न्यायाधिवक्ताज्यू गरी ८० जनाको सहभागिता रहेको छ । पौष १० गते सम्म हुने सम्मेलनको मूल नारा वैज्ञानिक र बस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन भन्ने रहेको छ । यही भाद्र १ बाट लागू भएको मुलुकी अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाई कानूनको शासन कायम गर्ने उद्धेश्य यस सम्मेलनले लिएको छ । सम्मेलनमा २५ वटा विषयमा कार्यपत्र पस्तुत हुने र समूहगत छलफल गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको समापन पौष १० गते हुन कार्यक्रम रहेको छ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।