जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुको भवन उद्घाटन ।

samachar

2075-5-19

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुको नवनिर्मित भवनको २०७५ भाद्र १४ गते बिहिवारका दिन शिलालेख अनावरण गरी भवन उद् घाटन तथा रीवन काटी गृह प्रवेश गर्नुभएको छ ।

सदरमुकाम सल्लेरस्थित कार्यालयको आफ्नै जग्गामा निर्मित RCC Frame Structure प्रविधिमा निर्मित उक्त भवन कार्यालय सञ्चालनका लागि सुविधायुक्त रहेको छ । उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खरेलले सोलुखुम्बुबासीलाई धन्यवाद दिदै सरकारी वकील कार्यालय न्यायको धरोहर हुने बताउनुभयो । भौतिक संरचनाले कार्यवातावरणको निर्माण गर्ने उल्लेख गर्दै उहाँले कार्यसम्पादनमा सुधार आउने अपेक्षा समेत व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरूलाई पिडीतमैत्री व्यवहार र जनतालाई सेवा प्रदान गर्न सदैव सक्रिय रहन निर्देशित समेत गर्नुभयो ।
नायब महान्यायाधिवक्ता श्री बद्रीप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, ओखलढुंगाका निमित्त सहन्यायाधविक्ता श्री खडानन्द गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भवन निर्माण कार्यको प्राविधिक प्रतिवेदन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जिनियर गौरी पण्डित र आर्थिक प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुका नि. जिल्ला न्यायाधिवक्ता श्री केशव प्रसाद गौतमले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा माननीय सदस्य श्री हेमकुमार राई, प्रदेश नं. १ का माननीय प्रदेश सभा सदस्य श्री बुद्धि कुमार राजभण्डारी, प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र कुमार राना, नेपाल वार एसोसिएसन, जिल्ला बार एकाइका अध्यक्ष श्री एकराज बास्तोला लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयकी शाखा अधिकृत श्री बिमला गौतमले गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कूल १ करोड ७१ लाख १३ हजार ३१५ पैसा ७७ को लागतमा निर्माण सम्पन्न भएको भवनमा ११ कोठा तथा ६ शौचालय र डाईनिङ्ग हल थुनुवा प्रतिक्षा कक्ष एवम् पीडितमैत्री कक्ष समेत रहेका छन् ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।