2075-5-19
माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुको नवनिर्मित भवनको २०७५ भाद्र १४ गते बिहिवारका दिन शिलालेख अनावरण गरी भवन उद् घाटन तथा रीवन काटी गृह प्रवेश गर्नुभएको छ ।
सदरमुकाम सल्लेरस्थित कार्यालयको आफ्नै जग्गामा निर्मित RCC Frame Structure प्रविधिमा निर्मित उक्त भवन कार्यालय सञ्चालनका लागि सुविधायुक्त रहेको छ । उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खरेलले सोलुखुम्बुबासीलाई धन्यवाद दिदै सरकारी वकील कार्यालय न्यायको धरोहर हुने बताउनुभयो । भौतिक संरचनाले कार्यवातावरणको निर्माण गर्ने उल्लेख गर्दै उहाँले कार्यसम्पादनमा सुधार आउने अपेक्षा समेत व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरूलाई पिडीतमैत्री व्यवहार र जनतालाई सेवा प्रदान गर्न सदैव सक्रिय रहन निर्देशित समेत गर्नुभयो ।
नायब महान्यायाधिवक्ता श्री बद्रीप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, ओखलढुंगाका निमित्त सहन्यायाधविक्ता श्री खडानन्द गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भवन निर्माण कार्यको प्राविधिक प्रतिवेदन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जिनियर गौरी पण्डित र आर्थिक प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुका नि. जिल्ला न्यायाधिवक्ता श्री केशव प्रसाद गौतमले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा माननीय सदस्य श्री हेमकुमार राई, प्रदेश नं. १ का माननीय प्रदेश सभा सदस्य श्री बुद्धि कुमार राजभण्डारी, प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र कुमार राना, नेपाल वार एसोसिएसन, जिल्ला बार एकाइका अध्यक्ष श्री एकराज बास्तोला लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयकी शाखा अधिकृत श्री बिमला गौतमले गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कूल १ करोड ७१ लाख १३ हजार ३१५ पैसा ७७ को लागतमा निर्माण सम्पन्न भएको भवनमा ११ कोठा तथा ६ शौचालय र डाईनिङ्ग हल थुनुवा प्रतिक्षा कक्ष एवम् पीडितमैत्री कक्ष समेत रहेका छन् ।
वैदेशिक अध्ययन/तालिम कार्यक्रम छात्रवृत्ति मनोनयन गर्ने सम्वन्धमा ।
सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ४६ बमोजिम गठीत सजाय सुझाव समितिमा रहनु भएका पदाधिकारीहरुको विवरण ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण
कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नुपर्नै मापदण्ड तथा शर्तहरु, २०८०
वैदशिक अध्ययन/तालिम छात्रवृति सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. १३० र १३१ को पत्रको व्यहोरा अवगत गर्नुभई ईच्छुक र योग्य उम्मेदेवारले आवश्यक कागजात संलग्न गरी महान्यायाधिवक्ताको कार्यालयको प्रशासन शाखामा निवेदन गर्नुहोला ।
भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।
केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।
विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।
लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।
बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।
सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।
बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।
काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।