2075-5-12
माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले कानून व्यावसायीहरूले विषयगत विज्ञतातर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल कानून व्यवयासी परिषद् द्वारा लिइएको २३औं र २४औ परीक्षामा सर्वोत्कृष्ट १० स्थान हासिल गरेका युवा कानून व्यवसायीहरूलाई सम्बोधन गर्दै उहाँले सरकारी वकील र प्रतिरक्षी कानून व्यवसायी जे भए पनि विषयगत विज्ञतातर्फ जानुको विकल्प नरहेको बताउनुभयो ।
महान्यायाधिवक्ताको कार्यालयमा २०७५ श्रावण ३१ गते दुवै समूहका सर्वोत्कृष्ट कानून व्यवसायीहरूका बीचमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष समेत रहनुभएका माननीय महान्यायाधिवक्ता खरेलले प्रतिरक्षी कानून व्यावसाय वा सरकारी सेवा जहाँ रहे पनि कुनै निश्चित विषयमा विज्ञता हासिल गर्ने गरी अगाडि बढ्न सुझाव दिनुभयो ।×अब तपाई कुन विषयको वकील हो भन्ने समय आइसकेको छ”, उहाँले भन्नुभयो, ×कानून व्यवसायमा अध्ययन गर्नु र आफूलाई अपडेट गर्नुको विकल्प छैन ।”
कानून व्यवसायमा प्रवेश गर्दाका आफ्ना सुरुवाती अनुभव सुनाउँदै उहाँले समयसँगै धेरै सुधार भैसकेको बताउनुभयो । नयाँ कानूनहरूले कानूनी भाषालाई समेत सरल बनाएकाले नयाँ पुस्ताका लागि सहज भएको उहाँको टिप्पणी थियो । उहाँले सरकारी वकीलको पेशा एक प्रतिष्ठायुक्त पेशा भएको बताउँदै सहभागीहरूलाई सरकारी सेवाका अवसरहरूका बारेमा समेत चर्चा गर्नुभएको थियो । माननीय महान्यायाधिवक्ता खरेलले जुन क्षेत्रमा रहे पनि देशभित्रै रही सेवा गर्न र विदेशको मोह नराख्न समेत अपिल गर्नुभएको थियो ।
कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयमा वरिष्ठतम् पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
निर्णयको जानकारी सम्बन्धमा ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
सार्वजनिक सेवा प्रवाहका लागि हुलाक टिकट हटाउने सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२।०९।०१ गतेको निर्णयानुसार काज सरूवा सम्बन्धमा ।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।