2075-5-12
नेपालको संविधानको धारा १५८ को उपधारा (६) मा हिरासतमा रहेका व्यक्तिलाई यस संविधानको अधिनमा रही मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानून व्यवसायीमार्फत भेटघाट गर्न नदिएको भन्ने उजुरी परेमा वा जानकारी हुन आएमा छानविन गरी त्यस्तो हुनबाट रोक्न सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने जिम्मेवारी महान्यायाधिवक्तालाई भएबमोजिम माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूले २०७५ श्रावण २४ गते कारागार कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँस्थित हरासत कक्षको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
अनुगमनका क्रममा माननीय महान्यायाधिवक्ता खरेलले कारागारको भौतिक अवस्था, सरसफाई, कैदी बन्दीहरूको खाना खाने तथा सुत्ने व्यवस्थाको निरीक्षण गर्नुका साथै कानून बमोजिम सुविधा पाए नपाए सम्बन्धमा जानकारी लिनुभएको थियो । त्यस अवसरमा कैदी बन्दीहरूले आफूहरुले स्वास्थ्य चेकजाँच, आफन्तहरूसँग भेटघाट, आफ्नो मुद्दाको पेशी, बकपत्र तथा मुद्दाको अवस्थाको जानकारी पाउनुका साथै वैतनिक कानून व्यवसायीबाट प्रतिरक्षा भएको बताएका थिए । अनुगमनपछि माननीय महान्यायाधिवक्ता खरेलले क्षमता अनुसार कैदी बन्दीहरू राख्नु पर्नेतर्फ ध्यान दिन निर्देशन दिनु भएको थियो ।
त्यस्तै माननीय महान्यायाधिवक्ताले जिल्ला प्रहरी कार्यालय तनहुँस्थित हिरासत कक्षको अनुगमन गर्नुभएको थिये । अनुगमनका क्रममा महिला र पुरुष कक्ष छुट्टछ्ट्टै रहेको, कक्षहरूको अवस्था सामान्य रहेको, अनुसन्धानका क्रममा शंकितलाई मानवोचित व्यवहार भएको, आफन्तहरुसँग भेटघाट गर्न पाएको पाइएको थियो । अनुगमन पछि माननीय महान्यायिधवक्ताले हिरासतमा रहेका व्यक्तिहरुको मौलिक हक तथा मानव अधिकारलाई ध्यानमा राखी आगामी दिनमा समेत कार्य गर्न र भदौ १ गते देखि लागू हुने अपराध संहिता समेतका नयाँ कानूनको कार्यान्वयनमा तयार हुन निर्देशन भएको थियो ।
त्यस्तै २०७५ श्रावण २५ गते जिल्ला प्रहरी कार्यालय लम्जुङस्थित हिरासत कक्षको अनुगमन गरी निर्देशन समेत दिनुभएको थियो । उक्त अवसरमा नायब महान्यायाधिवक्ता श्री खगराज पौडेल समेतको सहभागिता रहेको थियो ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्ति सम्बन्धमा।
निर्देशन सम्बन्धमा।
सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० ।
उमेर पुगेकी महिलाले नाबालकसँग सहमतिमा यौनसम्बन्ध कायम गरेमा नाबालक कसुरदार नभई महिला कसुरदार हुने भन्ने निर्णय ।
विवरण पठाउने सम्बन्धमा
करार सेवा सम्बन्धी परिपत्र
माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको पद बहाली पछि १०० दिनमा भएका कार्यहरु र भावी कार्यदिशा
सिफारिस सम्बन्धमा।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धमा
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धमा
सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।
बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।
काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।
कोशी प्रदेशको विराटनगरमा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारीबीच अन्तरक्रिया कार्यक्रम ।
अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरीबीच अन्तरक्रिया कार्यक्रम ।
गण्डकी प्रदेशको कास्की जिल्लामा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।
महान्यायाधिवक्ताज्यूको १०० दिनको कार्य सम्पादन र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम ।
लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।