माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूको नेतृत्वको ९ सदस्यीय टोली फ्रान्सको Strasbourg मा सम्पन्न साईबर अपराध सम्बन्धी अक्टोपस सम्मेलन, २०१८ मा सहभागी ।

samachar

2075-4-14

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूको नेतृत्वको ९ सदस्यीय टोली Council of Europe को प्रधान कार्यालय फ्रान्सको Strasbourg मा जुलाई ११ देखि १३ सम्म आयोजित साईबर अपराध बिरुद्धको अक्टोपस सम्मेलन, २०१८ मा सहभागि भै यही साउन ५ गते अर्थात जुलाई २१, २०१८ मा नेपाल फर्केको छ । विश्वका ९० भन्दा बढी मुलुकका मन्त्री, न्यायाधीश, अभियोजनकर्ता, कानून कार्यान्वयन अधिकारी, नागरिक समाजका सम्बद्ध अधिकारी, सूचना प्रबिधि क्षेत्रका विज्ञहरु तथा विभिन्न सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको सो सम्मेलनमा सहभागिता रहेको थियो । साईबर अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग प्रबद्र्धन गर्ने, राष्ट्रिय कानूनहरुमा सामञ्जस्यता ल्याउने, साइबर अपराध सम्बन्धी Budapest Convention का आधारमा राष्ट्रहरुबीच Global Cooperation विकसित गर्ने, यस विषयमा भएका असल अभ्यासहरु आदान प्रदान गर्ने तथा साईबर अपराधका चुनौति र नियन्त्रणका उपाय विषयमा सहभागिहरु वीच उक्त सम्मेलनमा छलफल भएको थियो । उक्त सम्मेलनको समापनमा माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले सम्बोधन गर्नु भएको थियो ।

सो अवसरमा माननीय महान्यायाधिवक्ताज्यू सहितका सहभागिहरुले निदरल्याण्डको हेगमा अवस्थित युरोपियन युनियन अन्तर्गतका Eurojust, Europol सम्बद्ध अधिकारी तथा कानून कार्यान्वयन अधिकारीहरुसँग जुलाई १६ मा भेटघाट गरी छलफल गर्नु भएको थियो । उक्त अवसरमा Eurojust का अध्यक्ष Ladisev HANRAN ले भ्रमण टोलीलाई स्वागत गर्नु भएको थियो भने भ्गचयवगकत ले सदस्य राष्ट्रहरु वीच अपराध अनुसन्धान र अभियोजनमा समन्वय गर्ने, व्यष्लत क्ष्लखभकतष्नबतष्यल त्भबm बनाई अनुसन्धान गर्ने, विशेष प्रकारका अपराधमा अभियोजन गर्न सदस्य राष्ट्रका अधिकारीलाई अनुरोध गर्ने तथा सदस्य राष्ट्र बाहेक अन्य राष्ट्रसँग Co operation Agreement गरी सहयोग आदान प्रदान गर्ने कुरा जानकारी गराईएको थियो । यसैगरी सोही दिन Europol सम्बद्ध अधिकारीसँग साईबर अपराध नियन्त्रणका चुनौति र युरोपोलको भूमिकाका बारेमा भ्रमण टोलीले छलफल गरेको थियो ।

यसैगरी भ्रमण टोलीले निदरल्याण्डको हेग स्थित अन्तराष्ट्रिय फौजदारी अदालतको समेत अवलोकन गरी सो अदालतका अभियोजनकर्ताको कार्यालयमा अदालतको क्षेत्राधिकार, हालसम्म अदालतले गरिरहेका अभियोजन सम्बन्धी कार्य र सुनुवाई प्रकृया, पीडित तथा साक्षी संरक्षणका बारेमा जानकारी लियो ।

जुलाई १७ मा भ्रमण टोलीले बेल्जियमको ब्रसेल्स स्थित Federal Prosecutor Office मा Vice Federal Prosecutor Eric Bisschop सहितसँग भेट गरेको थियो । सो अवसरमा बेल्जियमको अभियोजन प्रणालीका बारेमा प्रस्तुती राखिएको थियो । Federal Prosecutor Office ले गम्भिर अपराधहरु खासगरी आतंकवाद, संगठित अपराध, अन्तर्राष्ट्रिय मानवीय कानून विरुद्धको अपराध, Non Localised crime मा अनुसन्धान र अभियोजन गर्ने र अन्य अपराधको अनुसन्धान र अभियोजनको कार्य जिल्ला अभियोजनकर्ताको कार्यालयले गर्ने व्यवस्था रहेको प्रस्तुतीमा राखिएको थियो । साइबर अपराधको लागि cyber crime unit रहेको र सो युनिटले अभियोजन गर्ने गर्दछ । बेल्जियममा १४ जिल्ला अभियोजन कार्यालय, ५ वटा जनरल अभियोजन कार्यालय र एक संघीय अभियोजन कार्यालय रहेका छन । सोही दिन भ्रमण टोलीले बेल्जियमको Mechelen स्थित Court of First Instance, Antwepp मा अवलोकन गरी अदालती प्रकृयाका वारेमा जानकारी लिएको थियो ।

भ्रमण टोलीले Council of Europe को प्रधान कार्यालयमा European Commission for the Effieciency of Justice – CEPEJ _ र Consultative Council of European Prosecutors (CCPE) का पदाधिकारीसँग न्यायिक प्रकृयामा अन्तराष्ट्रिय समन्वय र सहयोगका विषयमा छलफल गरेको थियो । साथै साईबर अपराधमा Data protection का विषयमा पनि छलफल गरिएको थियो ।

भ्रमण टोलीमा नायव महान्यायाधिवक्ता श्री किरण पौडेल, सहन्यायाधिवक्ताहरु श्री पद्यप्रसाद पाण्डे, श्री गीता प्रसाद तिम्सिना, श्री संजीवराज रेग्मी, श्री उद्धवप्रसाद पुडासैनी, उपन्यायाधिवक्ताहरु श्री नारायण रिमाल, श्री रमेश सुवेदी र श्री गोपाल लामिछाने सहभागि हुनुहुन्थ्यो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१ ।


कार्यालय भवन सरेको बारे।


वैदशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


वैदशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


विशेष आर्थिक सुविधा जानकारी सम्बन्धमा ।


China/MOFCOM Scholarship मा मनोनयन गर्ने सम्बन्धमा ।


सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ।


सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


समाचार

नवनियुक्त माननीय महान्यायाधिवक्ताको पदबहाली ।


नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।