2075-4-14
विशेष सरकारी वकील कार्यालय, काठमाडौंको आयोजनामा तीन दिवसीय “सूचना प्रविधि र मुद्दा व्यवस्थापन प्रणाली (CMS) सफ्टवयेर प्रयोग सम्बन्धी” प्रशिक्षण कार्यक्रम २०७५ असार २९ देखि असार ३१ गते सम्म धुलिखेलमा सम्पन्न भएको छ ।
विशेष सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकील र कर्मचारीलार्इ सूचना प्रविधिको प्रयोगमा क्षमता वृद्घि गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको समापन गर्दै विशेष सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री मुरारीप्रसाद पौडेलले सरकारी वकील र कर्मचारी व्यवसायिक हुन र कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगमा दक्षता वृद्घि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षण कार्यक्रममा सिकेको सीप र ज्ञानलार्इ सूचना प्रविधिको प्रयोगमा अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
तीन दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागीहरूलार्इ कार्यालयबाट प्रदान गरिएको र्इमेलको प्रयोग सम्बन्धि, मुद्दा व्यवस्थापन प्रणाली सम्बन्धी (CMS) सफ्टवयेरको प्रयोग, महान्यायाधिवक्ताको कार्यालयका लागि निर्माण गरिएका सफ्टवयेरहरूको प्रयोगको अवस्था, र्इ एटर्नी कार्यक्रम, महान्यायाधिवक्ताको कार्यालयको वेभ पेज र मातहत कार्यालयका लागि निर्माण भइरहेको वेभ पेज, र्इ एटर्नी कार्यक्रम र सूचना प्रविधिको कार्यान्वयनमा देखिएका चुनौतिहरूको विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो ।
प्रशिक्षण कार्यक्रमको स्रोत व्यक्तिहरूमा महान्यायाधिवक्ताको कार्यालयको सूचना प्रविधि महाशाखाका कम्प्युटर सुपरभार्इजर श्री सन्देश अवाल र सूचना प्रविधि र्इञ्जिनियर श्री सुनिल पराजुली रहनुभएको थियो ।
प्रशिक्षण कार्यक्रम सञ्चालनमा महान्यायाधिवक्ताको कार्यालयको सूचना प्रविधि शाखामा कार्यरत शाखा अधिकृत श्री स्वतन्त्र न्यौपाने र विशेष सरकारी वकील कार्यालयमा कार्यरत शाखा अधिकृत श्री नगेन्द्र लम्सालले सहजिकरण गर्नुभएको थियो ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।