सूचना प्रविधि र मुद्दा व्यवस्थापन प्रणाली (CMS) सफ्टवयेर प्रयोग सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

samachar

2075-4-14

विशेष सरकारी वकील कार्यालय, काठमाडौंको आयोजनामा तीन दिवसीय “सूचना प्रविधि र मुद्दा व्यवस्थापन प्रणाली (CMS) सफ्टवयेर प्रयोग सम्बन्धी” प्रशिक्षण कार्यक्रम २०७५ असार २९ देखि असार ३१ गते सम्म धुलिखेलमा सम्पन्न भएको छ ।

विशेष सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकील र कर्मचारीलार्इ सूचना प्रविधिको प्रयोगमा क्षमता वृद्घि गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको समापन गर्दै विशेष सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री मुरारीप्रसाद पौडेलले सरकारी वकील र कर्मचारी व्यवसायिक हुन र कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगमा दक्षता वृद्घि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षण कार्यक्रममा सिकेको सीप र ज्ञानलार्इ सूचना प्रविधिको प्रयोगमा अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

तीन दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागीहरूलार्इ कार्यालयबाट प्रदान गरिएको र्इमेलको प्रयोग सम्बन्धि, मुद्दा व्यवस्थापन प्रणाली सम्बन्धी (CMS) सफ्टवयेरको प्रयोग, महान्यायाधिवक्ताको कार्यालयका लागि निर्माण गरिएका सफ्टवयेरहरूको प्रयोगको अवस्था, र्इ एटर्नी कार्यक्रम, महान्यायाधिवक्ताको कार्यालयको वेभ पेज र मातहत कार्यालयका लागि निर्माण भइरहेको वेभ पेज, र्इ एटर्नी कार्यक्रम र सूचना प्रविधिको कार्यान्वयनमा देखिएका चुनौतिहरूको विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो ।

प्रशिक्षण कार्यक्रमको स्रोत व्यक्तिहरूमा महान्यायाधिवक्ताको कार्यालयको सूचना प्रविधि महाशाखाका कम्प्युटर सुपरभार्इजर श्री सन्देश अवाल र सूचना प्रविधि र्इञ्जिनियर श्री सुनिल पराजुली रहनुभएको थियो ।

प्रशिक्षण कार्यक्रम सञ्चालनमा महान्यायाधिवक्ताको कार्यालयको सूचना प्रविधि शाखामा कार्यरत शाखा अधिकृत श्री स्वतन्त्र न्यौपाने र विशेष सरकारी वकील कार्यालयमा कार्यरत शाखा अधिकृत श्री नगेन्द्र लम्सालले सहजिकरण गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।


कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।


कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।


कोशी प्रदेशको विराटनगरमा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारीबीच अन्तरक्रिया कार्यक्रम ।


अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरीबीच अन्तरक्रिया कार्यक्रम ।


गण्डकी प्रदेशको कास्की जिल्लामा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


महान्यायाधिवक्ताज्यूको १०० दिनको कार्य सम्पादन र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम ।


लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।