2081-4-3
मिति २०८१।०४।०२ गते सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा ओलीको सिफारिसमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले श्री रमेश वडाललाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ताको पदमा नियुक्त गर्नुभएको छ। मिति २०८१।०४।०३ गते राष्ट्रपतिको कार्यालयमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको समुपस्थितिमा महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को दफा २१ बमोजिम सर्वोच्च अदालतका प्रधानन्यायाधीश श्री विश्वमभर प्रसाद श्रेष्ठबाट नव नियुक्त माननीय महान्यायधिवक्ता श्री रमेश वडालले पद तथा गोपनियताको सपथ ग्रहण गरे पश्चात महान्यायाधिवक्ताको कार्यालयमा पदाबहाली गर्नुभएको छ। माननीय महान्यायाधिवक्ताज्यूले पदाबहालीका क्रममा संचारकर्मीहरुलाई सम्बोधन गर्दै दोषीलाई मात्र अभियोजन गर्ने, वस्तुनिष्ठ अभियोजन, संवैधानिक दायरा अनुसार कामकारवाही, संविधान तथा कानूनलाई शिरमा राखी, सरकारलाई उचित कानूनी राय दिने एवं सरकार् विरूद्धको मुद्दाको प्रभावकारी प्रतिरक्षा, पीडितलाई न्याय दिने कुरामा प्राथमिकता दिने, पञ्चवर्षिय रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने, फौजदारी न्याय सुधार कार्यदलको प्रतिवेदनको कार्यान्वयन लगायत विषयमा आफ्नो धारणा राख्नुभयो । उक्त कार्यक्रममा उपत्यकाका सरकारी वकीलहरू तथा महान्यायाधिवक्ताको कार्यालयका कर्मचारीहरूको उपस्थितिमा रहेको थियो ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०५/१८ गतेको परिपत्र सम्बन्धमा ।
सम्मेलनमा सहभागीहरूले पालना गर्नुपर्ने नियमहरू ।
महिला सरकारी वकीलरुको सम्मेलन सम्बन्धमा ।
सेवा प्रवेश तालिम संचालन सम्बन्धमा ।
महिला सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन - मनोनयन सम्बन्धमा ।
सूचना प्रचार प्रसार सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।