भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।

samachar

2080-3-13

मिति २०८०।०३।१३ गते महान्यायाधिवक्ताको कार्यालयमा संघीय संरचनामा महान्यायाधिवक्ताको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो। अन्तरक्रिया कार्यक्रमको अध्यक्षता माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनी रहनु भएको थियो। विशेष अतिथिको रुपमा नेपाल बार एशोसिएशनका अध्यक्ष श्री गोपाल कृष्ण घिमिरेको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा  महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ताहरु, सहन्यायाधिवक्ताहरु, उपन्यायाधिवक्ताहरु, सहायक न्यायाधिवक्ताहरु, नेपाल बार एशोसिएशनका महासचिव श्री अन्जिता खनाल, नेपाल बार एशोसिएशनका विभिन्न इकाइका अध्यक्षहरु तथा प्रतिनिधिहरु, अधिवक्ताहरु, कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो। सो पश्चात भारतका लागि  विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीले सघीय संरचनामा महान्यायाधिवक्ताको भूमिका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। उक्त प्रस्तुतीकरण पश्चात नेपाल बार एशोसिएशनका अध्यक्ष श्री गोपालकृष्ण घिमिरेले धन्यवाद मन्तव्य दिनुभएको थियो। सो पश्चात भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीलाई महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। अन्त्यमा निमन्त्रणा स्विकार गरी नेपाल पाल्नु भएको भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीलाई धन्यवाद ज्ञापन सहितको मन्तव्यबाट महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले कार्यक्रम समापन गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।