2080-2-3
मिति २०७९।१२।२९ गते गण्डकी प्रदेशको कास्की जिल्लामा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। अन्तरक्रियाको अध्यक्षता महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयले गर्नु भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको उपस्थिति थियो। विशेष अतिथिको रुपमा श्री उच्च अदालत, पोखराका माननीय कायम मुकायम मुख्य न्यायाधीश श्री डिल्लीराज आचार्य र गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री श्रीकान्त बरालको उपस्थिति थियो। माननीय महान्यायाधिवक्ताज्यूबाट दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भए पश्चात् महान्यायाधिवक्ताको कार्यालयका सहन्यायधिवक्ता श्री खेमराज ज्ञवालीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो। सो पश्चात अनुसन्धानकर्ताको तर्फबाट जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक श्री अजय के.सी.ले, अभियोजनकर्ताको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता श्री गोपाल प्रसाद ढकालले, न्याय सम्पादनकर्ताको तर्फबाट कास्की जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री प्रकाश खरेलले तथा महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यपत्रहरुको प्रस्तुतीकरण पश्चात सहभागीहरुलाई तीन समूहमा विभाजन गरी कार्यपत्र उपर छलफल गरी हरेक समूहबाट संक्षिप्त प्रस्तुती भएको थियो र सो छलफलको सहजीकरण माननीय महान्यायाधिवक्ताले गर्नुभएको थियो। अन्त्यमा नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूबाट कार्यक्रमको समापन भएको थियो।
मिति २०८२।१०।१९ गतेको पीडित राहत कोष सम्बन्धी परिपत्र ।
सम्बद्ध कसूर र सम्पत्ति शुद्धिकरण कसूरको अनुसन्धान र अभियोजन सम्बन्धी परिपत्र ।
निर्णयको जानकारी सम्बन्धमा ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
सार्वजनिक सेवा प्रवाहका लागि हुलाक टिकट हटाउने सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२।०९।०१ गतेको निर्णयानुसार काज सरूवा सम्बन्धमा ।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।