2080-2-3
मिति २०७९।१२।१७ गते लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। अन्तरक्रियाको अध्यक्षता महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाले गर्नु भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको उपस्थिति थियो। विशेष अतिथिको रुपमा श्री उच्च अदालत तुलसीपुर, बुटवल इजलासका माननीय न्यायाधीश श्री रामप्रसाद ओली, महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल र लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री खुमकान्त पौडेलको उपस्थिति थियो। माननीय महान्यायाधिवक्ताज्यूबाट दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भए पश्चात महान्यायाधिवक्ताको कार्यालयका सहन्यायधिवक्ता श्री खेमराज ज्ञवालीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो। सो पश्चात अनुसन्धानकर्ताको तर्फबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्री श्यामु अर्यालले, अभियोजनकर्ताको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यले, न्याय सम्पादनकर्ताको तर्फबाट रुपन्देही जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री शिशिरराज ढकालले र महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रहरुको प्रस्तुतीकरण पश्चात सहभागीहरुलाई तीन समूहमा विभाजन गरी कार्यपत्र उपर छलफल गरी हरेक समूहबाट संक्षिप्त प्रस्तुती भएको थियो र सो छलफलको सहजीकरण माननीय महान्यायाधिवक्ताले गर्नुभएको थियो। अन्त्यमा नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाबाट छलफलमा उठेका जिज्ञासाको सम्बोधन गर्दै कार्याक्रमको समापन भएको थियो।
वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।
अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।