2080-2-3
मिति २०७९।१२।१७ गते लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। अन्तरक्रियाको अध्यक्षता महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाले गर्नु भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको उपस्थिति थियो। विशेष अतिथिको रुपमा श्री उच्च अदालत तुलसीपुर, बुटवल इजलासका माननीय न्यायाधीश श्री रामप्रसाद ओली, महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल र लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री खुमकान्त पौडेलको उपस्थिति थियो। माननीय महान्यायाधिवक्ताज्यूबाट दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भए पश्चात महान्यायाधिवक्ताको कार्यालयका सहन्यायधिवक्ता श्री खेमराज ज्ञवालीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो। सो पश्चात अनुसन्धानकर्ताको तर्फबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्री श्यामु अर्यालले, अभियोजनकर्ताको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यले, न्याय सम्पादनकर्ताको तर्फबाट रुपन्देही जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री शिशिरराज ढकालले र महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रहरुको प्रस्तुतीकरण पश्चात सहभागीहरुलाई तीन समूहमा विभाजन गरी कार्यपत्र उपर छलफल गरी हरेक समूहबाट संक्षिप्त प्रस्तुती भएको थियो र सो छलफलको सहजीकरण माननीय महान्यायाधिवक्ताले गर्नुभएको थियो। अन्त्यमा नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाबाट छलफलमा उठेका जिज्ञासाको सम्बोधन गर्दै कार्याक्रमको समापन भएको थियो।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
छलफल तथा निर्देशन सम्बन्धमा ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।