मधेश प्रदेशको राजधानी जनकपुरधाममा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।

samachar

2080-2-3

मिति २०७९।१२।०९ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रमको अध्यक्षता महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता श्री पद्‌म प्रसाद पाण्डेयले गर्नु भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलको उपस्थिति थियो। विशेष अतिथिको रुपमा श्री उच्च अदालत, जनकपुरका माननीय कायम मुकायम मुख्य न्यायाधीश श्री गुणराज ढुङ्गेल र मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता श्री विरेन्द्र कुमार ठाकुरको उपस्थिति थियो। माननीय महान्यायाधिवक्ताज्यूबाट दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भए पश्चात महान्यायाधिवक्ताको कार्यालयका सहन्यायधिवक्ता श्री खेमराज ज्ञवालीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो। सो पश्चात अनुसन्धानकर्ताको तर्फबाट जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक श्री विश्वराज खड्काले, अभियोजनकर्ताको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता श्री धर्म अवतार कोइरालाले, न्याय सम्पादनकर्ताको तर्फबाट धनुषा जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री पुनाराम खनालले र महान्यायाधिवक्ताको कार्यालका सहन्यायाधिवक्ता श्री सूर्यराज दाहालले कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रहरुको प्रस्तुतीकरण पश्चात सहभागीहरुलाई तीन समूहमा विभाजन गरी कार्यपत्र उपर छलफल गरी हरेक समूहबाट संक्षिप्त प्रस्तुती भएको थियो र सो छलफलको सहजीकरण माननीय महान्यायाधिवक्ताले गर्नुभएको थियो। अन्त्यमा नायब महान्यायाधिवक्ता श्री पद्‌म प्रसाद पाण्डेयबाट कार्यक्रमको समापन भएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

South Korea मा Master's Degree अध्ययन/तालिम सम्बन्धमा ।


अभियोजन सहजीकरण समिति गठन समब्धमा ।


मिति २०८१।०७।०६ गतेको निर्देशन सम्बन्धमा ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।


बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को मस्यौदा ।


बिगो तथा अन्तरिम क्षतिपूर्ति र क्षतिपूर्तिको दाबी लिने मापदण्ड सहितको निर्देशिका तयार गर्ने सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ कार्यकारी सारांश


नेपाल राजपत्र- नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७४) काठमाडौ, कार्तिक १ गते,२०८१ साल (संख्या ३२) भाग ४ महान्यायाधिवक्ताको कार्यलयको सुचना


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


निर्देशन सम्बन्धमा ।


समाचार

महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।


महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।